सरकारलाई आसेपासे पोस्न भ्याइनभ्याइ : डा. भट्टराई

सरकारलाई आसेपासे पोस्न भ्याइनभ्याइ : डा. भट्टराई

गोरखा : पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले यो सरकारलाई ‘हाँसको न कौवाको चालमा अल्मलिएको’ संज्ञा दिएका छन् ।

जिल्लाबासीसँग शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन गोरखा आएका भट्टराईले दुई तिहाइको मतशक्तिको पनि सदुपयोग गर्न नसकेर आलोचना खेपिरहेको तर्क गरे ।

‘राज्यले गर्ने भूमिका के हो, निजी क्षेत्रले गर्ने भूमिका के हो भन्ने कुरा नै यो सरकारलाई थाह छैन’, उनले भने, ‘वाम सरकार बनेपछि सबै हामी गर्न सक्छौँ भनेर चुनावमा प्रतिबद्धता गर्नुभयो । अहिले त्यो उहाँहरु सक्नुहुन्न । त्यसैले उहाँहरु अहिले हाँसको चाल न कौवाको चालमा रुमल्लिरहनु भएको छ ।’

शिक्षा, स्वास्थ्य, बाटो, बिजुली राज्यको जिम्मेवारीभित्र पर्ने भन्दै भट्टराईले अहिलेको सरकार शिक्षा र स्वास्थ्यको दायित्व आफ्ना आसेपासेलाई बाँड्नमै ब्यस्त रहेको बताएका छन् ।

‘बाटो बिजुली जस्ता काम राज्यले गर्ने हो, तर अहिलेको सरकार बुढीगण्डकी जलविद्युत आयोजना कमिसन खाएर निजी क्षेत्रलाई दिँदै हुनुहुन्छ । शिक्षा, स्वास्थ्य पनि आसेपासेलाई दिनै भ्याइनभ्याइ छ । यसरी सरकारले कहिल्यै पार लगाउँछ ?’, उनले भने, ‘पूर्वाधार विकास सरकारले गर्ने हो । कृषि, पशु, बन्दव्यापार निजी क्षेत्रले गर्ने हो तर अहिले सरकार यसैमा अलमलमा छ ।’

सरकारले संघीयताको मूल मर्म र भावना विपरीत काम गरिरहेको प्रति भट्टराईले दुख व्यक्त गरे । संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय सरकारलाई दिएको अधिकार धमाधम कटौती भएको भन्दै उनले सदरमुकाममा अनावश्यक रुपमा कार्यालयहरु स्थापना भइरहेकोमा असन्तुष्टि व्यक्त गरे ।

साथै भट्टराईले जति धेरै अधिकार स्थानीय तहमा दियो उति धेरै समृद्धिको जग बलियो हुने तर्क गरेका छन् । स्थानीय तह बलियो बनाउन सबै लाग्नुपर्ने पनि उनको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.