शुक्रबारदेखि पोखरा प्रिमियर लिग : फेवातालमा ट्रफी सार्वजनिक

शुक्रबारदेखि पोखरा प्रिमियर लिग : फेवातालमा ट्रफी सार्वजनिक

पोखरा : पोखरा प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको ट्रफी पोखराको फेवातालको बीचमा रहेको तालबाराही मन्दिर किनारमा सार्वजनिक गरिएको छ। ६ टोलीका टिम कप्तान ले ट्रफी सार्वजनिक गरेका हुन्। 

पोखरा पल्टनको शरद भेषावकर, चितवन राइनोजका पारस खड्का, विराटनगर टाइटनका सन्दीप लामिछाने, काठमाडौं रोयल्सका ज्ञानेन्द्र मल्ल, बुटवल ब्लाष्टका सोमपाल कामी र धनगढी ब्लुजका दिपेन्द्रसिंह ऐरीले तालबाराही मन्दिरको किनारमा बसेर ट्रफी सार्वजनिक गरेका हुन्। 

फेवाताल पोखराको ब्राण्ड भएकोले फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिर किनारबाट ट्रफी सार्वजनिक गरिएको क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समेत मान्यता दिएको प्रतियोगिता कात्तिकको ९ देखि २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताका लागि पोखरा रंगशालामा रहेको क्रिकेट मैदान र पिच मर्मतको काम पूरा भएको क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक लामाले जानकारी दिए।

पोखरा क्रिकेट मैदान क्षेत्रमा ४ हजार ५ सय दर्शक अट्न सक्ने अस्थायी प्याराफिटको निर्माणकार्य समेत पूरा भएको छ। मैदानको पूर्वतर्फ दर्शक र दक्षिणतर्फ भीआईपी प्याराफिट निर्माण सम्पन्न भएको प्रबन्ध निर्देशक लामाले बताए। 

‘हामीले प्रतियोगिताको तयारी पूरा गरिसकेका छौं। पिच र मैदानको तयारी पुरा भएको छ’, प्रबन्ध निर्देशक लामाले भने, ‘प्याराफिट निर्माणको काम पनि पूरा भएको छ।' 

पीपीएल पोखरामा आयोजना हुन लागेको अहिलेसम्म ठूलो प्रतियोगिता हो। घरेलु क्रिकेटमा सर्वाधिक ठूलो पुरस्कार रहेको पीपीलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले समेत मान्यता दिएकोले पोखरेली, आयोजक र खेलाडी पनि उत्साहित छन्। प्रतियोगितामा विदेशी खेलाडी पनि सहभागी हुने छन्। यसले प्रतियोगिता थप रोमाञ्चक हुने अनुमान गरिएको छ।

प्रतियोगितामा विभिन्न ६ सहरका टोलीले सहभागिता जनाउँदै छन्। पीपीएलमा घरेलु टोली पोखरा पल्टनसँगै हुलास काठमाडौं रोयल्स, चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजले प्रतियोगितामा सहभागिता जनाउने छन्।

नमस्ते पोखरा प्रिमियर लिग नेपालमा आयोजना हुने सर्वाधिक पुरस्कारको क्रिकेट प्रतियोगिता हो। प्रतियोगिताको विजेता टोलीले २७ लाख रुपौयाँ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेता टोलीले १० लाख प्राप्त गर्नेछन्। प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बललाई भीजी अटोमोवाइल्सको तर्फबाट सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्रदान गर्नेछन्। 

प्रतियोगिताको उद्घाटन खेल पोखरा पल्टन र विराटनगर टाइटनबीच शुक्रबार हुँदैछ। प्रतियोगितामा आफ्नोटोलीका खेलाडीले पहिलो खेलमै जित निकाल्ने गरी तयारी गरेको पोखरा पल्टनका कप्तान शरद भेषावकरले बताए। टोलीले जित निकाल्ने गरी ४ दिनदेखि पोखरामा रहेर तयारी गरेकोले ट्रफी पोखरा पल्टनले जित्ने गरी मैदानमा उत्रने पोखरा पल्टनका प्रशिक्षक विनोदकुमार दासले बताए। 

यता विराटनगर टाइटान पनि पहिलो खेल मै विजयी सुरुवात गर्ने गरी मैदानमा उत्रने तयारीमा छ। जित्नैका लागि आफ्नो टोली पोखरा आएको विराटनगर टाइटानका टिम क्याप्टने सन्दीप लामिछानेले सुनाए। ट्रफी सार्वजनिक गर्नु अघि खेलाडीले फेवातालको बीचमार रहेको तालबाराही मन्दिरमा डुंगामा जाने क्रममा खेलाडीले विभिन्न पोजमा तस्बिर लिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.