मनास्लु प्रवेश गर्न नेपालीलाई पनि शुल्क

मनास्लु प्रवेश गर्न नेपालीलाई पनि शुल्क

गोरखा : मनास्लु संरक्षण क्षेत्र प्रवेश गर्न नेपालीले पनि शुल्क तिर्नुपर्ने भएको छ। विदेशी नागरिकलाई मात्र प्रवेश शुल्क लिइँदै आएकोमा अब नेपाली पर्यटकले पनि शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो। मनास्लु क्षेत्र प्रवेश गर्न विदेशी नागरिकले २ हजार २ सय ६० रुपैयाँ प्रवेश शुल्क लाग्ने व्यवस्था छ। अब नेपालीलाई एक सय रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ।

सरकारले असोज २९ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मनास्लु संरक्षण क्षेत्रमा नेपालीलाई पनि प्रवेश शुल्क तोकेको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए। नयाँ प्रावधानअनुसार मनास्लु प्रवेश गर्न नेपालीलाई एक सय रुपैयाँ शुल्क लिइनेछ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) अन्तर्गतका संरक्षण क्षेत्र आयोजनाका काउन्टरबाट अनुमति लिनुपर्छ।

सार्क मुलुक र अन्य विदेशी पर्यटकको प्रवेश शुल्क वृद्धि गरिएको छ। सार्क मुलुकका नागरिकलाई दुई सय रुपैयाँबाट बढाएर एक हजार रुपैयाँ प्रवेश शुल्क पु¥याइएको छ। सार्कबाहेक अन्य मुलुकका पर्यटकले यसअघि करसहित २ हजार २ सय ६० रुपैयाँ बुझाउँदै आएकोमा अब तीन हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख लामाले बताए।

एमक्यापमा पदयात्रा गर्न जाने पर्यटकले काठमाडौंको भृकुटीमण्डप, पोखराको ड्यामसाइड र लमजुङको बेंसीसहरमा रहेको काउन्टरबाट अनुमति लिने गरेका छन्। लामाका अनुसार पर्यटकका रूपमा जाने नेपालीले मात्र अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। ‘स्थानीयको हकमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा टुंगो लागेको छैन’, लामाले भने, ‘पहिले नेपालीले प्रवेश गर्न १० रुपैयाँ शुल्क कायम गरिए पनि व्यावहारिक नभएपछि लागू भएन। शुल्क लिने कुरा आएसँगै नेपालीको अनुगमन कसरी गर्ने भन्ने विषय चुनौती बनेको छ।’ एमक्यापले असोज २९ गते सूचना प्रकाशन भएको समयदेखि परिमार्जित शुल्क लिएर पर्यटकलाई अनुमति जारी गरेको छ।

केही वर्षदेखि मनास्लु संरक्षण क्षेत्रमा घुम्न जाने पर्यटकको संख्या बढ्दै गएको छ। ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल, मनास्लु बेसक्याम्प, लार्केपास तथा चुम र नुब्री उपत्यका अवलोकन गर्न विदेशी पर्यटक सो क्षेत्रमा जाने गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.