चीनमा चियाको चलन : राेचक तथ्य, ऐतिहासिक सम्बन्ध
काठमाडौं : चिया पिउने चलन नभएका देश सायदै होलान् । प्रारम्भिक समयमा ‘रिफ्रेसमेन्ट’को लागि धेरैको प्रिय बनेको चिया आधुनिक विश्वमा संस्कृति नै बनिसकेको छ । कसैलाई त चिया लत नै बनिसकेको छ ।
चीनसँग चिया साइनो
तेस्रो शताब्दितिर चीनबाट चिया पिउने संस्कृति सुरु भएको मान्यता छ । अहिलेसम्म उपलब्ध तथ्यका आधारमा चिनियाँ एक साशक तथा वनस्पति संरक्षक शेन्नोङले पहिलो पटक ‘चिया पिउन हुने वनस्तपति हो । यसले दिमागलाई फ्रेस बनाउँछ’ भन्ने पत्ता लगाएका थिए ।
एक यात्राको क्रममा शेन्नोङका नोकरले शेन्नोङको लागि पिउन तातो पानी उमाल्दै थिए । त्यसै बेला पानीमा एउटा सुकेको पात झर्यो । तत्कालै त्यो पातले गर्दा पानीको रंग नै बदलियो । रातो–रातो रंगमा बदलिएको पानी ती साशकले वास्ता नगरिकनै पिए । त्यो रंग बदलिदिने वनस्पतिको पत्ता नै चिया थियो । शेन्नोङले उक्त पानी पिउने बेला त खासै वास्ता गरेनन्, तर पिइसकेपछि फरक र ताजापनको महसुश गरे ।
प्रारम्भिक समयमा चियाको पत्तालाई औषधिको रुपमा प्रयोग गरियो । यहाँको हान शासनकालमा समेत चियालाई जडीबुटी तथा औषधिकै रुपमा आम मान्छेले समेत प्रयोग गर्ने भइसकेका थिए ।
ताङ शासनकालपछि त चियालाई सामाजिक कार्यक्रम, चाडवाड र भोजभतेरको बेला पनि प्रयोग गर्न थालियो । ताङ शासन व्यवस्थामा त आम मान्छेले चियालाई एक विलाशीपूर्ण संस्कृति जस्तै बनाइसकेका थिए ।
यससँगै यहाँका केही लेखक तथा अभियन्ताले चियाको उत्पादन र प्रयोग बारे केही पुस्ता समेत लेख्न थाले । ती पुस्तकमा चियालाई कसरी प्रयोग गर्ने ? यसका तरिका जस्ता विषयमा लेखिएको थियो । साथै ती पुस्ताकमा राम्रो चिया उत्पादन हुने क्षेत्रका बारेमा समेत खोजीमुलक तथ्य समावेश गरिन्थ्यो ।
आधुनिक संस्कृति
तर आधुनिक समाजमा चियालाई जुन तरिकाले प्रयोग गरिन्छ, प्रारम्भिक दिनमा भन्दा निकै भिन्न तरिका छ अचेल । यसलाई उत्पादन गर्ने, प्याकेज गर्ने, बितरण गर्ने र प्रयोग गर्ने तरिकामा धेरै फरकपन अाएकाे छ ।
अहिले पनि चीनको एक महत्वपूर्ण खानाको आइटम बनेको छ चिया । यतिसम्म कि, चीनका नागरिकको दैनिकमा अत्यावस्यक सात खाना आइटममा चिया पनि एक मानिन्छ ।
चीनका भव्य सहरमा समेत चिया संस्कृति बनिसकेको छ । हरेक परिवारमा पुग्ने पाहुनालाई चियाले नै स्वागत गरिन्छ । अचेल त चियालाई स्वागतको संकेतको रुपमा पनि ब्याख्या गरिन्छ ।
विश्वशक्ति मानिने चीनले नै सिकाएको चिया संस्कृति विश्वका कुना कुनामा पुगेको छ । यसैलाई लिएर ठूला कम्पनी स्थापना भए । ग्रिन टी, ओलोङ टी, रेड टी, ब्ल्याक टी, ह्वाइट टी, पर्थ टी, फ्लावर टी जस्ता अनेक थरी चिया चीनका ठूला कम्पनीले उत्पादन गर्दै आएका छन् । जुन चीनले आफ्ना छिमेकी मुलुक तथा विश्वका साना देशमा समेत सप्लाइ गर्न थालेको छ ।