तरुण गोल्डकप सुरु

तरुण गोल्डकप सुरु

 फिदिम : पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा दोस्रो तरुण गोल्डकप सुरु भएको छ । शनिबारदेखि सुरु भएको गोल्डकपको उद्घाटन नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले गरे । 

नेपाल तरुण दलको ६६ औँ स्थापना दिवसको अवसर पारेर तरुण दल पाँचथरले गोल्डकप प्रतियोगिताको आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रबक्ता शर्माले खेलकुद जस्तो क्षेत्रमा कसैले पनि राजनीति गर्न नहुने बताए । अहिलेदेखि नै खेलकुद क्षेत्रमा सरकारले लगानी बढाउन थाले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने लगानी घटेर जाने शर्माको भनाइ छ । 

राष्ट्र र स्वास्थ्यका लागि खेलुकद भएकाले खेलकुद सबैको साझा हुनुपर्नेमा शर्माको जोड थियो । ‘राष्ट्रको शिर उच्च राख्ने खेलाडी हुन्,’ शर्माले भने ‘खेलकुदको विकास गर्न खेलाडीका परिवारको चुलो चौकाको अवस्था सरकारले बुझ्न जरुरी छ ।’

कातिक १६ गतेसम्म सञ्चालन हुने पालिका स्तरीय फुटबल  प्रतियोगितामा पाँचथरका आठ ओटा स्थानीयल तहले सहभागिता जनाएका छन् । मिक्लाजुङ, हिलिहाङ, कुम्मायक, तुम्बेवा, फाल्गुनन्द, फालेलुङ, याङवरक गाँउपालिका र फिदिम नगरपालिकाले प्रतियोगितामा भाग लिएका हुन् । 

शनिबार भएको उद्घाटन खेलबाट मिक्लाजुङले हिलिहाङलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको छ । हिलिहाङलाई ३–० गोल अन्तरले हराउँदै मिक्लाजुले सेमि फाइनलको स्थान पक्का गरेको हो । मिक्लाजुङको जितका लागि सोमकुमार राई र सुनील राईले एक एक गोल गरे । 

हिलिहाङका खेलाडीले आत्मघाति गोल गरेपछि मिक्लाजुङ थप एक गोल थपिएको थियो । शनिबार भएको प्रतियोगितामा मिक्लाजुङका मेहरमान खवास म्यान अफ दी म्याच घोषित भए । उनले एक हजार नगद प्राप्त गरे । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख एक हजार एक सय ६६ रुपैयाँ र दोस्रो हुने टिमले ५१ हजार एक सय ६६ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्ने तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.