अझै सुरु भएन रेट्रोफिटिङ

अझै सुरु भएन रेट्रोफिटिङ

गोरखा : भूकम्पले आंशिक क्षति गरेका घरको प्रवलीकरण (रेट्रोफिटिङ)को काम अझै सुरु भएको छैन। प्रवलीकरणको सूचीमा नाम प्रकाशित भएको एक वर्ष बितिसक्दा पनि लाभग्राहीले काम सुरु नगरेका हुन्। भूकम्पले क्षतिग्रस्त गोरखाका ७० हजार चारसय ८१ जना लाभग्राहीमध्ये पाँच हजार तेत्तीस घरधुरीको नाम प्रवलीकरण लाभग्राहीको सूचीमा छन्।

सूचीकृत लाभग्राही कसैले पनि रेट्रोफिटिङको काम सुरु नगरेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ (जिमाली)का प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए। प्रवलीकरण सूचीमा परेका लाभग्राहीले एक लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ। ‘पाँच हजारमध्ये पाँचसय जनाभन्दा धेरै लाभग्राहीले पहिलो किस्ता वापत ५० हजार रुपैयाँ लगेका पनि छन्’, श्रेष्ठले भने, ‘तर काम सुरु गरेर दोस्रो किस्ता माग गर्न कोही आएका छैनन्।’

प्रवलीकरणको सूचीमा परेकाले फेरि पुनर्निर्माणको सूचीमा पर्न गुनासो फाराम भरिरहेको श्रेष्ठले जानकारी दिएका छन्। पीडितका लागि क्षति भएको दाबीसहित वडा कार्यालयमा गुनासो फाराम भर्ने व्यवस्था गरिएको छ। गुनासो फाराम भरेका १६ हजार भूकम्प पीडितमध्ये १२ हजार तीन सय २२ जनाको घर सर्भेक्षण भएको थियो। उनीहरुमध्ये ६ हजार नौसय ४५ निवेदनको सम्बोधन भएको र पाँच हजार ३३ जनाको नाम प्रवलीकरण (रेट्रोफिटिङ)मा प्रकाशित भएको एकाइ कार्यालयले जनाएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइले हालै प्राविधिकलाई रेट्रोफिटिङसम्बन्धी तालिम दिएको जनाएको छ। ‘प्राविधिक तालिम भर्खरै सकिएको छ’, यससम्बन्धी काम गर्ने इञ्जिनियर युवक श्रेष्ठले भने, ‘कसैले काम सम्पन्न गरेर दोस्रो किस्ता दाबी गर्न आए भने हामीसँग फाराम पनि छैन। केन्द्रले दोस्रो किस्ता माग गर्ने फाराम नै पठाएको छैन।’

रेट्रोफिटिङको सूचीका अधिकांश लाभग्राहीले पुनर्निर्माण गर्न दाबी गरेकाले काममा ढिलाइ भएको उनको भनाइ छ। ‘धेरैले अझै पुनर्निर्माण दाबी गर्दै फाराम भरेकाले रेट्रोफिटिङ गर्ने कति जना छन् भन्ने निश्चित भइसकेको छैन’, श्रेष्ठले भने, ‘त्यसले पनि काममा ढिला भएको हो।’ गोरखामा ७० हजार चारसय ८१ जना लाभग्राहीको सूचीमा रहेका मध्ये ६५ हजार चार सय ४८ पुनर्निर्माण। उनीहरुमध्ये ६१ हजार दुई सय १६ जनाले पहिलो किस्ताको अनुदान लिएका छन्। त्यस्तै ५२ हजार एक सय ८१ जनाले दोस्रो किस्ता र ३९ हजार पाँच सय ८५ जनाले तेस्रो किस्ता लिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.