रोहिंग्या फर्काउन फेरि सहमति

रोहिंग्या फर्काउन फेरि सहमति

एजेन्सी : रोहिंग्या शरणार्थीलाई नोभेम्बरदेखि स्वदेश फर्काउन सुरु गरिने भएको छ। बंगलादेश र म्यानमार दुवै यसका लागि सहमत भएका छन्। म्यानमारबाट लखेटिएका सात लाख २० हजारभन्दा बढी रोहिंग्या बंगलादेशमा शरण लिइरहेका छन्।

म्यानमार र बंगलादेशबीच गत वर्ष नै शरणार्थी फर्काउने सहमति भएको थियो। तर त्यो प्रक्रिया असफल भएको थियो। यो ढिलाइका लागि दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै आएका छन्।

‘हामी मध्य नोभेम्बरबाट फिर्ती प्रक्रिया सुरु गर्न खोजिरहेका छौँ,’ बंगलादेशका विदेश सचिव शाहिदुल हकले मंगलबार भने। ढाकामा दुई देशबीच वार्ता भएको थियो।

वार्तामा सहभागी म्यानमारका विदेश सचिव मिन्ट थुले भने, ‘दुवै पक्ष अर्को महिनादेखि फिर्ती प्रक्रिया सुरु गर्ने ठोस योजनामा सहमत भएका छन्।’ एक साताअघि मात्रै संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताले म्यानमारमा रोहिंग्याहरुको नरसंहार जारी रहनसक्ने चेतावनी दिएका थिए। अनुसन्धाकर्ताले रखाइन राज्यमा भएको नरसंहारका लागि सेनाका उच्च अधिकारीमाथि मुद्दा चलाउन आह्वान गरेका छन्। तर म्यानमारले यसलाई अस्वीकार गरेको छ।

शरणार्थी स्वदेश फर्किए उनीहरु प्रतिशोधको शिकार बन्ने अधिकारकर्मीहरुले चेताएका छन्। पछिल्लो समय करिब एक सय जना रोहिंग्या घर फर्किसकेका छन्। यद्यपि बंगलादेशले भने फिर्ती प्रक्रिया सुरु नभइसकेको बताएका छन्।

अघिल्लो वर्ष अगस्टमा सैनिक कारबाही सुरु भएपछि अल्पसंख्यक मुस्लिम रोहिंग्या देश छोडेर भागेका थिए। रोहिंग्याहरु म्यानमारमा विभेदको शिकार भएका छन्। उनीहरुलाई नागरिकतालगायत आधारभूत अधिकारबाट वञ्चित गरिएको छ।

रोहिंग्या समस्या सुरु भएपछि म्यानमारकी नेतृ आङ सान सुकीको चर्को विरोध भएको थियो। यो मामिलामा नोबेल शान्ति पुरस्कार विजेता सुकीको भूमिका अत्यन्त विवादित भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.