प्रिन्सले ल्याए दसैंतिहार गीत

प्रिन्सले ल्याए दसैंतिहार गीत

‘चच हुई, चच हुई

दसैं आयो तिहार आयो’

भर्खरै ११ वर्ष लागेका प्रिन्स सिलवालले गाएका गीत हो। उनले दसैं गीतको एल्बम निकालिसकेका छन्। यो गीत उनको यही पहिलो एल्बमको गीत हो। दसैं गीत रमेश पाठकले लेखेका हुन्। उनले गाएकामध्ये यो दोस्रो गीत हो।

प्रिन्सले गाएका पहिलो गीत भने अर्कै छ।

‘न मानुमा नापिन्छ माया

न तुलामा जोखिन्छ माया

न तुना बुनिन्छ छायाँ।’

उनको यो पहिलो गीतको पनि भिडियो बनाउने काम भइरहेको छ।

नेपाली सांगीतिक क्षेत्रमा आमाको नाममा धेरै गीत गाइएका छन्। तर प्रिन्सले बाबुको नाममा गीत गाएका छन्। ‘धेरैले गाए आमाको गीत

म गाउँछु बाको गीत

मेरै लागि हो पसिना बगाएको ’

बाबुको नामको गीतको पनि उनले एल्बम निकाल्ने तयारी गरिरहेका छन्। पाँच वर्षको उमेरदेखि गीत गाउन थालेका प्रिन्सको दसंै एल्बमका गीत बालबालिकामाझ लोकप्रिय बनेका छन्। कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले प्रिन्सको दसैं एल्बमको विमोचन गरेका थिए।

प्रिन्सले प्रेम परियारको मर्ने कसैलाई रहर हुँदैन भन्ने गीत गाएर गायन यात्रा सुरु गरेका हुन्। ‘स्कुलको एनिभर्सरी थियो, एक्कासि मलाई स्टेजमा बोलाउनु भयो’ उनले भने, ‘सुरुमा त म हडबडिएँ तर पछि मर्ने कसैको रहर हँुदैन भन्ने गीत गाएँ, सबैले ताली बजाए।’ उनले विद्यालयमा हुने हरेक सांस्कृतिक प्रतियोगिता भाग लिने गरेका छन्।

गोल्डेन होराइजन एकेडेमी बालाजुमा कक्षा ५ मा अध्ययनरत प्रिन्सले छुट्टीका समयमा गीत सिक्ने गरेका छन्। उनले जिनियस म्युजिक स्कुलमा गीत सिक्ने गरेका छन्। रमेश सिलवाल र प्रतिभा पाण्डेको सन्तानका रूपमा २०६५ साल भदौ ३० गते चितवन रत्ननगर– ७ सौरहामा उनको जन्म भएको हो। प्रिन्स वार्षिक परीक्षा सकिएपछि नयाँ कक्षा सुरु नभएसम्म १५ दिन थिएटरमा बस्छन्, नाटक सिक्छन् र खेल्छन्। उनले केदार श्रेष्ठको निर्देशनमा दुईवटा नाटकमा अभिनय गरिसकेका छन्। प्रिन्सले ‘म जोकर बन्न सक्छु’ भन्ने चर्चित नाटकमा पनि खेलिसकेका छन्।

सिभिल इन्जिनियर बन्ने लक्ष्य राखेका प्रिन्सको गीत संगीत, नाटक सोख हो। प्रिन्सका संगीत शिक्षक प्रेम घिमिरे उनमा ‘म्युजिकल माइन्ड’ रहेको बताउँछन्। निरन्तरता दिन सकेमा प्रिन्सको संगीत क्षेत्रमा भविष्य राम्रो रहेको उनले बताए। ‘प्रिन्ससँग एक चोटी सुनेपछि गाउन सक्ने क्षमता छ,’ उनले भने,‘ उसको संगीतमा लगाव पनि छ।’

विद्यालयका प्रिन्सिपल महेन्द्र बीसीले प्रत्येक सांगीतिक कार्यक्रममा प्रिन्सले भाग लिने गरेको बताए। ‘भ्वाइस राम्रो छ, प्रिन्स राम्रो विद्यार्थीमा गनिने गरेका छन्’ उनले भने, ‘प्रिन्सको पढाइ पनि राम्रो छ। मेहनती र मिलनसार साथीहरूले मन पराउने छन्।’ उनले विद्यालयमा साताको एक दिन म्युजिक कक्षासमेत सञ्चालन गर्ने गरेको बताए।

अरू बालबालिका जस्तो खेल्नुको सट्टा गीत र संगीतमा छोरो रमाउने गरेको प्रिन्सका बाबु रमेश सिलवाल बताउँछन्। ‘ऊ साथीभाइसँग खेल्नु भन्दा गीत संगीतमा नै रमाउँछ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.