निर्मलाका बलात्कारीलाई सार्वजनिक गर्छौं : भीम रावल

निर्मलाका बलात्कारीलाई सार्वजनिक गर्छौं : भीम रावल

धनगढी : नेपाल कम्यनिस्ट पार्टीका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशको राजधानीको विषयमा पहिलो पटक आफ्नो भनाई सार्वजनिक गरेका छन्। 'सुदूरपश्चिम प्रदेशको राजधानी सबै दृष्टिकोणलले उपयुक्त ठाउँमा छ, नेपाल राष्ट्रिय शिक्षक संगठनले तिहारको अवसरमा धनगढीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, 'जंगल मासेर राजधानी बनाउने विषय हल्ला मात्र हो।'

कैलालीको गोदावरी क्षेत्र बुट्यान भएको क्षेत्र भएकाले एक रुख नकाटेरै राजधानी बनाइने उनले दावी गरे। प्रदेश सरकारले प्रदेश राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरेको छ। राजधानीको विषयलाई लिएर यहाँ आन्दोलन समेत भएको थियो।

तराईमा हजारौँ सरकारी विघा जमिन कब्जा गरिहरको अवस्थामा बाघको बाटोमा राजधानी, बाढी, पहिरो जान्छ भन्ने कुरा सबै अफाह फैलाउने काम भएको नेता रावलको भनाई छ।'सीमाको सुरक्षा, भौगोलिक दृष्टिकोण प्रदेश सरकारकाले उपयुक्त ठाउँमा राजधानी तोकेको उनको जिकिर छ।

एक अर्को प्रसंगमा नेता रावलले संविधान संसोधन गर्ने कुरामा कुनै तुक नरहेको धारणा व्यक्त गरे। धेरै ठाउँमा नागरिकताका लागि संविधान संसोधन गर्नुपर्दछ भन्ने कुरा बाहिर आएको बताउँदै उनले विदेशी नागरिकलाई नागरिकता दिलाउन संविधान संसोधन नहुने बताए।

'नेपाली एकजना नागरिक पनि नागरिकताबाट बञ्चित भएका छैनन्, उनले भने, 'जो नेपाल भित्रिन्छ तिनीहरुलाई नागरिकता दिनका लागि संसोधन हुँदैन्।' नेपाललाई अस्थिरतामा राखि राख्न अझैं पनि प्रयास भइरहेको बताउँदै उनले त्यसमा जनताले साथ नदिने धारणा व्यक्त गरे।

नेता रावलले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा संलग्न व्यक्तिको खोजीका लागि सरकार गम्भीर भएर लागेको बताए। जुन सुकै निकायको व्यक्ति भए पनि सार्वजनिक गरेर नै छोड्ने उनले दावी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.