चितवनमा विद्यार्थी बोकेको बस दुर्घटना, २५ जना घाइते

चितवनमा विद्यार्थी बोकेको बस दुर्घटना, २५ जना घाइते

भरतपुर : माडीको सोमेश्वर सेकेन्डरी स्कूलका विद्यार्थी बोकेको बस भरतपुर महानगरपालिकाको पुल्लरचोकमा दुर्घटना भएको छ। शैक्षिक भ्रमणबाट फर्किएको ना ६ ख ९३६६ नंम्बरको बस मंगलबार राति सवा १ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परेर २५ जना विद्यार्थी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार उक्त बसमा शिक्षक विद्यार्थीगरि ३८ जना सवार रहेका थिए। घाइते सबैको भरतपुरस्थित चितवन मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक गौतमका अनुसार चालक थाकेको र निदाएकोले बस दुर्घटना भएको हो। प्रहरीका अनुसार चालक माडी ३ का ४३ वर्षिय वीरेन्द्र महतो पनि घाइते भएका छन्।

‘दिनभरी घुम्ने र रातभरि यात्रा गर्ने हुँदा चालकले सुत्न पनि नपाउने र रातभर पनि गाडी चलाउनुपर्ने हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ।’ प्रहरीका अनुसार दुर्घटना भएको उक्त बस विद्यालयले घुम्नको लागि मात्रै रिजर्ब गरेर जनकपुर गएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.