एभरेष्ट अल्ट्रा ट्रेल रेस दोलखामा सुरु, ११ देशका ४१ प्रतिष्पर्धी भिड्दै

एभरेष्ट अल्ट्रा ट्रेल रेस दोलखामा सुरु, ११ देशका ४१ प्रतिष्पर्धी भिड्दै

चरिकोट : पूर्वी दोलखाको पर्यटकीय नगरी जिरीमा बिहीबारदेखि अन्तर्राष्ट्रियस्तरको एभरेष्ट अल्ट्रा ट्रेल रेस प्रतियोगिता सुरु भएको छ । प्रथम पटक सगरमाथा आरोहण गर्ने तेञ्जीङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले प्रयोग गरेको ट्रेकिङ रुटलाई जीवन्त राखि उनीहरुको सम्मान गर्न यो जोखिमपूर्ण रेस आयोजना गरिएको हो ।

एक हजार ९ सय ५३ मिटरको उचाईमा रहेको जिरीबाट बिहान ९ बजे सुरु भएको अल्ट्रा ट्रेल रेसमा नेपालसहित ११ देशका ४१ प्रतिष्पर्धीहरुले भाग लिएका छन् । विश्वको जोखिमपूर्ण उत्कृष्ट १० रेसमध्ये पर्ने यो रेसको जिरी नगरपालिकाका मेयर टंक जिरेलले रिबन काटेर उद्घाटन गरेका छन् ।

पर्यटनको दिगो विकास, संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले सन् २०११ देखि यो अन्तर्राष्ट्रियस्तरको रेस प्रतियोगिता आयोजना गरिरहेको छ । जिरीबाट सुरु भएको दौड बिहीबार बेलुकी रामेछाप जिल्लाको बाम्ती भण्डार पुग्ने आयोजक अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका प्रमुख कामी शेर्पाले जानकारी दिए ।

६ दिन लगातार चल्ने रेस सोलुखुम्बुको पीके, नाम्चे र तेङ्बोचे हुँदै लुक्ला पुगेर कात्तिक २७ गते पुरा हुनेछ । प्रतियोगितामा नेपालसहित ११ देशका ७ महिला र ३४ पुरुष गरी कूल ४१ जनाले प्रतिष्पर्धा गरिरहेको आयोजक शेर्पाले जानकारी दिए । त्यसमा २ महिलासहित ४ नेपालीले पनि प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा अमेरिका, इंगल्याण्ड, स्वीजरल्याण्ड, स्पेन, पोर्चुगल, व्रिटेन, नेदरल्याण्ड, अष्ट्रेलिया, मेक्सीको, टर्कीलगायत नेपालका धावकहरु सहभागी छन् । प्रतियोगितामा पुरुष र महिलाको छुट्टा–छुट्टै मूल्याङ्कन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुले जनही क्रमशः  एकलाख ५० हजार, एकलाख २० हजार र एकलाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.