अमेरिकी आक्रमणबाट १७ वर्षयता तीन देशमा ५ लाखजना मारिए

अमेरिकी आक्रमणबाट १७ वर्षयता तीन देशमा ५ लाखजना मारिए

वासिङ्टन : सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा हमला भएको बदलास्वरुप अमेरिकी आक्रमणबाट इराक, अफगानिस्तान र पाकिस्ताना ५ लाख जनता मारिएको एक रिपोर्टले बताएको छ ।

रिपोर्टका अनुसार १ लाख ८२ हजार २ सय ७२ देखि २ लाख ४ हजार ५ सय ७५ को संख्याबीच इराक, ३८ हजार ४ सय ८० अफगानिस्तान र २३ हजार ३ सय ७२ सर्वसाधारण पाकिस्तानमा मारिएका छन् ।

अमेरिकाले आतंककारी विरुद्धको हमला नाम दिएको उक्त युद्धमा मारिनेको संख्या ठ्याक्कै यकिन छैन । यसबीचमा ठूलो संख्यामा हत्या पहिचान हुन सकेका छैनन् ।ब्राउन युनिभर्सिटीको ‘वाट्सन इन्स्टिच्युट फर इन्टरनेश्नल एन्ड पब्लिक अफेयर्स’ विभागबाट यही बिहीबार सार्वजनिक भएको उक्त रिपोर्टले यस्तो बताएको हो ।

‘ह्यूमन कस्ट अफ द पोस्ट : नाइन/इलेभेन वार्स : लेथेलिटी एन्ड नीड फर ट्रान्स्परेन्सी’ नाम दिइएको खोजका लेखक नेरा क्रफर्ड हुन् । मृतकको संख्या ४ लाख ८० हजारदेखि ५ लाख ७ हजारबीच भएको रिपोर्टमा उल्लेख छ । रिपोर्ट सार्वजनिक गर्दा नेरा क्रफर्डले भने, ‘यस्ता युद्धमा कतिको ज्यान गयो ठ्याक्कै संख्या भन्न हामी सधैँ भन्न सक्दैनौँ । जस्तै दसौं हजार सर्वसाधारण मोसुल र अन्इ सहरमा आईएसआईएसद्वारा मारिएका हुन सक्छन् ।’

साथै सोही युद्ध अवधिमा इराक र अफगानिस्तानमा झण्डै ७ हजार अमेरिकी सेना पनि मारिएका छन् । रिपोर्टमा भने सेना, प्रहरी तथा अन्य सुरक्षाकर्मी सहति आम मानिसको हत्याको तथ्यांक सार्वजनिक गरिएको हो । युद्धको क्रममा अन्य रोग तथा गैरहत्या प्रकृतिका घटनाबाट मारिएकाहरुको भने यहाँ तथ्याां उल्लेख छैन ।

अफगानिस्तानमा अमेरिले जारी राखेको युद्ध १७ वर्षयताकै सबैभन्दा ठूलो हमला पनि मानिएको छ । जब कि, युद्धभर सन् २०१८ सबैभन्दा बढी मानिस मारिएको वर्ष बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.