अछाममा २७ जुुवाडे पक्राउ

अछाममा २७ जुुवाडे पक्राउ

अछाम : अछाम प्रहरीले २७ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–३ विनायक बजारबाट शुक्रबार राति जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका जुवाडेहरुबाट ४६ हजार ७ सय ५६ नगदसहित ४ गड्डी नखोलेको तास र ३ सय ८० थान खोलेको तास बरामद भएको अछामका प्रहरी प्रमुख डीएसपि जनकबहादुर शाहीले जानकारी दिए । शुक्रबार राति विनायक बजारमा होहल्लाका साथै जुवातास भईरहेको खबर पाएपछि त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले उनीहरुलाई जुवाको खालबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये दुई जना गम्भीर प्रकृतिका बिरामी भएकाले छोडिएको छ। ५ जनालाई जिल्ला प्रहरी कार्यालय र अन्य २० जनालाई ईलाका प्रहरी कार्यालय विनायक राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.