स्वास्थ्य सचिवले पाइनन् जिम्मेवारी

स्वास्थ्य सचिवले पाइनन् जिम्मेवारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरी जिम्मेवारीविहीन बनेकी छन्। सन्तोषजनक काम नगरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएकी चौधरी सर्वाेच्चको आदेशपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय त गएकी छन्। तर जिम्मेवारी नपाउँदा उनी हाजिर गर्दै फर्किन बाध्य छिन्।

२८ असोजको मन्त्रिपरिषद् निर्णयले उनलाई सरुवा गर्दै जगेडामा राखिएको थियो। त्यसलगत्तै मन्त्रालयको वेबसाइटमा प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको नाम र तस्बिर निमित्त सचिवका रूपमा राखिएको थियो।

प्रधानमन्त्री कार्यालयमा पनि जिम्मेवारविहीन बनाइएपछि मन्त्रिपरिषद् निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। कात्तिक १६ गते प्रधानन्यायाधीश ओमप्रकाश  मिश्रको एकल इजलासले डा. चौधरीलाई यथावत् रूपमा काम गर्नू भनी अन्तरिम आदेश दिएको थियो।

सचिव चौधरीसँग उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव असन्तुष्ट रहेको मन्त्रालय स्रोतको भनाइ छ। सर्वोच्चको आदेशपछि पनि मन्त्री यादवले सचिव चौधरीलाई हाजिर नगर्न दबाब दिएको मन्त्रालयको एक उच्च अधिकारीले बताए।

सर्वोच्चको आदेशपछि आफूले नियमित मन्त्रालय गई हाजिर गरिरहेको डा. चौधरीले बताइन्। सर्वोच्चको आदेशलाई मन्त्रिपरिषद्‍बाट निर्णय गराउनुपर्नेमा डा. चौधरी हाजिर गर्न हतारिएको भन्दै मन्त्री यादव रुष्ट छन्। मन्त्रिपरिषद्ले अहिलेसम्म मन्त्रालयमा पुनः हाजिर हुन चिठी पनि दिएको छैन।

वेबसाइटबाटै विवरण मेटियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा सचिव डा. चौधरीको तस्बिर हटाइएको छ। मन्त्रालयका डा. सुशीलनाथ प्याकुरेललाई निमित्त सचिव रहेको उल्लेख गरिएको छ। बाह्रौं तहका डा. प्याकुरेल प्रमुख विशेषज्ञ हुन्।

प्रशासनिक अधिकारसहित निमित्त सचिवका रूपमा काम गर्न प्याकुरेललाई मन्त्री यादवले अह्राएका छन्। मन्त्री यादव निकट स्रोतका अनुसार डा. चौधरीलाई जिम्मेवारीबाट मुक्त गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.