राजा दशरथको अभिनय गर्दागर्दै निधन
गोरखा : वनबास गएका छोरा रामचन्द्र, लक्ष्मण र बुहारी सीताको शोकमा डुबेर मृत्यु भएको त्रेतायुगका राजा दशरथको अभिनय गर्दागर्दै एक कलाकारको मृत्यु भएको छ।मान्द्रेढुंगा बालन समूहका सदस्य मोहनबहादुर बस्न्यातको मंगलबार राति देउसी कार्यक्रममा बालनमा अभिनय गर्दागर्दै निधन भएको बिनोद बस्न्यातले जानकारी दिए।
गोरखा नगरपालिका १० छेपेटार निबासी ५४ वर्षीय बस्न्यात गोरखा नगरपालिका- ७ नयाँ बजारमा सञ्चालन भएको बालनमा अभिनय गर्दागर्दै ढलेका थिए। 'तत्काल बोकेर गोरखा अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए, बिनोद भने, 'डाक्टरले हृदयघातका कारण मृत्यु भएको भनेका छन्।'
उनको मंगलबार राति नै परम्पराअनुसार अन्त्यष्टि गरिएको उनले बताए।बस्नेत नेपाली सेनाका पूर्व उपसेनानी हुन्।
प्रतिक्रिया दिनुहोस !