अपहरण र बलात्कार भोगेकी १८ वर्षे किशोरी मुक्त भएपछि...

अपहरण र बलात्कार भोगेकी १८ वर्षे किशोरी मुक्त भएपछि...

वासिङ्टन : मानवअधिकार सम्बन्धि अन्तर अमेरिकी अदालतले शुक्रबार एक यस्तो फैसला गर्यो, जसले गर्दा बलात्कृत भेनेजुएलाकी एक युवतीले १७ वर्षपछि न्याय पाएकी छन् ।

लिन्डा लोइजा लोपेज सोतो नाम गरेकी ती युवतीले १८ वर्षको उमेरमै बलात्कारको पीडा भोगेकी थिइन् । त्यस घटना विरुद्ध लिन्डाले भेनेजुएलाकै अदालतमा मुद्दा दायर गर्दा पनि सुनुवाइ नभएपछि अन्ततः अन्तर अमेरिकी अदालतले यही शुक्रबार फैसला गर्दै लिन्डाको सम्पूर्ण खर्च र जीवन कालभर रेखदेख गर्नुपर्ने भन्दै फैसला गरेको छ ।

लिन्डाको औषधोपचार, उनको पढाइ, परिवार र दिदिबहिनी समेतलाई क्षतिपुर्ति दिनुपर्ने अदालतको फैसला छ । लिन्डाको बलात्कार तथा चम अपराधमा भेनेजुएला सरकारले दोषीलाई कारवाही गर्न नसकेको भन्दै यसको जिम्मेवार स्वयं राज्य नै भएको बताइएको छ ।

बलात्कारपछि वकिल !
लिन्डा अपहरणमा परेपछि बलात्कार र चरम यातना भोगिन् । त्यसबेला जम्मा १८ वर्षकी थिइन् उनी । तीन महिनापछि उनी जब मुक्त भइन् त्यसपछि उनी उपचारका लागि जानु पर्ने थियो । तर उनी त आफ्ना बलात्कारी तथा अपहरणकारीविरुद्ध न्यायको खोजीमा लागिन् ।


खासमा उनले भोग्नुपरेको पीडा र यातनाले उनलाई आफ्ना अपराधीविरुद्ध जुध्न झनै उर्जा बने । त्यसका लागि उनले निरन्तर संघर्ष गरिन् । केही उपाय नलागेपछि लिन्डा औपचारिक रुपमै कानुन विषय पढ्न थालिन् ।

पढाइपछि उनले आफ्नै ‘केस’ मानवअधिकार सम्बन्धि अन्तर अमेरिकी अदालतमा दायर गरिन् । शुक्रबारको फैसला अनुसार लिन्डाको यस्तो घटना हुनुमा र न्याय नपाउनुमा भेनेजुएला सरकारकै चरम लापरवाही कारण देखाइएको छ ।

‘हिंसा भोगेका भेनेजुएला तथा ल्याटिन अमेरिकन महिलाहरुलाई आज म के भन्न सक्छु भने जसले आफ्नै देशमा न्याय पाउनुभएको छैन अब क्षतिपुर्ति पनि सम्भव छ ।’ लिन्डाले भनिन्, ‘ल्याटिन अमेरिका र विश्वभरका महिलाको मानवअधिकार न्यायालयले जसरी गर्नसक्छ यो सकारात्मक छ ।’
लिन्डाको जीवनमाथि भएको त्यस अपराधलाई पुनविचार गर्न पनि अदालतले आदेश दिएको छ । साथै लिन्डा र उनको परिवारलाई क्षतिपुर्ति दिन पनि आदेश दिएको छ ।

क्षतिपुर्तिसँगै उनको औषधोपचार र मानसिक रेखदेख गर्नुपर्ने, यसबाहेक लिन्डाले थप पढाइ आफ्नै देश वा विदेशमा समेत चाहेको खण्डमा त्यसको पनि खर्च ब्यहोर्नुपर्ने भन्दै अदालतले भेनेजुएला सरकरालाई आदेश दिएको छ ।

यस्तै लिन्डाको यस्तो घटनालाई लैंगीक हिंसा र विभेद् अन्तरगत देशभर सबै तहका सबै पाठ्यक्रममा समेत समावेश गर्न भेनेजुएला सरकारलाई अदालतको आदेश छ । जहाँ ‘लिन्डा लोइजा’ नाम बुझिने गरी उल्लेख गरेको हुनुपर्ने भन्दै भेनेजुएलालाई अदालतले आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.