सोलिहको शपथमा मोदी

सोलिहको शपथमा मोदी

माले : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मालद्वीपका राष्ट्रपति इब्राहिम मोहमद सोलिहको शपथ ग्रहणमा सहभागी भएका छन्। मालद्वीपमा सेप्टेम्बरमा भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले अब्दुल्ला यमीनलाई पराजित गरेका थिए। प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो मालद्वीप भ्रमण हो।

प्रधानमन्त्री मोदीले मालद्वीपका नवनिर्वाचित राष्ट्रपतिसहित विभिन्न उच्च अधिकारीलाई भेटेका छन्। मोदीले भने, ‘म राष्ट्रपति सोलिह नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छु। खासगरी आधारभूत संरचना, स्वास्थ्य र मानव संसाधनका क्षेत्रमा विकास गर्न लागिपर्नेछौं।’ उनले हालै मालद्वीपमा सम्पन्न निर्वाचनले लोकतन्त्र, कानुनी शासन र समृद्ध भविष्यका जनताले मत दिएको चर्चा गरे। स्थायी, लोकतान्त्रिक, समृद्ध र शान्तिपूर्ण मालद्वीपको पक्षमा भारत भएको उनको भनाइ थियो।

मोदीले भने, ‘ऐतिहासिक कालदेखि भारत र मालद्वीपबीच सुदृढ सम्बन्ध छ। जनस्तरमा पनि दुई देशबीच सुमधुर सम्बन्ध छ। दुवै देशका जनता शान्ति र समृद्धिको पक्षमा छन्। हाम्रो सरकारको ‘सबका साथ सबका विकास’को नीति छिमेकीप्रति पनि लक्षित छ।’ मोदीले मालद्वीपको सरकारसँग विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्धमा जोड दिने बताएका छन्।

यसअघि सन् २०११ मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले भ्रमण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.