जहाँ उम्लिरहेको दूधले नुहाएर पुज्छन् कूल देवता (फोटो फिचर)

महोत्तरी : महोत्तरीको मटिहानीका मुसहर जातिले उम्लिरहेको दूधले नुहाएर कुल देवतालाई पूजा गरेका छन्। ५ वर्षको अन्तरालमा हुने मुसहर समुदायको कुल देवता पूजा (भुइयाँ)को क्रममा भक्तजनहरूले उम्लिरहेको दूधले नुहाएका हुन्।
कुल देवता दिना-भद्रीलाई स्मरण गर्दै उमलिरहेको तातो दूधले स्नान गरेर भुइयाँ महराजको पूजा गरिन्छ। तातो दूधले नुहाउनुलाई जनबोलीमा भुइयाँ महराजलाई अपटनी दिएको भनिन्छ। भुइयाँ महराजको दैवी शक्तिले गर्दा तातो दूधले नहाएर पूजा गर्न सकिएको अगुवाहरू बताउँछन्।
मुसहरले माघ भरिमा आफ्नो कूल देवता भुइयाँ महराजको पूजा गर्ने गर्छन्। सबैले मिलेर पूजको तयारी गर्छन्। महिना दिन लगाएर मुसहरहरू भव्य रूपमा कूलदेवताको पूजा गर्छन्।
प्रतिक्रिया दिनुहोस !
५
