युवा भारतमा, गाउँ सुनसान

युवा भारतमा, गाउँ सुनसान

अछाम : साँफेबगर नगरपालिका–३ नौलाकोटका युवा रोजगारीका लागि भारत जान थालेपछि गाउँ सुनसान बनेको छ। नौलाकोट गाउँमा दलित परिवारको बाहुल्यता छ। गाउँमा युवा भेटिन छाडेका छन्। भेटिन्छन् त केवल वृद्धवृद्धा, महिला र केटाकेटी। उनीहरू दिनभर खेतबारी र वन जंगलमा व्यस्त हुन्छन्।

९२ वर्षीया रम्बा विक घरमा एक्लै बस्छिन्। उनी छोराबुहारी भेट्न भारत जाने गर्छिन्। छोराबुहारी, नाति–नातिनी भारतको पुनामा रोजगार गर्छन्। ‘छोराबुहारी भेट्न उतै जान्छु, आफूलाई त्यता बस्न मन लाग्दैन, आफ्नै गाउँघरमा राम्रो लाग्छ’, उनले भनिन्, ‘भारत गएकाहरू केही वर्षपहिले खेतीपाती लगाइसकेपछि कमाउन भारत जाने गर्थे अहिले चाडबाडमा समेत फर्किंदैनन्।’

आर्थिक अभावले ९÷१० मा पढ्दै गरेकाहरू पनि बीचमै छाडेर भारत जाने गर्छन््। गाउँमा बिरामी भए अस्पतालसम्म लैजाने कोही हुँदैन। यस्तै, ६४ वर्षीया सेतुदेवी कोलीका छोराबुहारी पनि भारतको पुनामा बस्छन्। श्रीमान् दानबहादुरको निधनपछि उनी घरमा एक्लै बस्छिन्। सेतु पनि छोरा बुहारीलाई भेट्न भारतको पुना जाने गर्छिन्। ‘परिवार पाल्नै प¥यो, यता नोकरी पाइँदैन। छोराछोरी भारत नगई गुजारा चल्दैन’, उनले भनिन्।

मीनादेवी विकका ४ छोरामध्ये जेठो र माइलो कमाउन भारत गएका छन्। घरमा उनी र साना २ छोरा मात्र छन्। मीनाको श्रीमान् बितेको ६ वर्षभन्दा बढी भयो। ‘खान पुग्ने खेत छैन’, उनले भनिन्, ‘भारतबाट छोराले कमाएर पठाउँछ अनि नपुगेको किनेर खान्छौं।’ उनी २ वर्षदेखि भारतको पुनामा नोकरी गरी घरमा पैसा पठाउँछन्।

बुवाको मृत्युपछि परिवारको जिम्मा उनको काँधमा आएपछि पढाइ छाडेर भारततिर लागे। घरखर्च चलाउन अर्काको देशमा आएर काम गरेर परिवार पाल्नुपर्ने बाध्यता भएको उनले बताए। रोजगारका लागि भारत गएकाहरू कमाइ राम्रै हुन थालेपछि परिवारसहित उतै बस्ने गरेका छन्। गाउँका ४ घर पूर्णरूपमा खाली छन्। आफूसँगैका साथीहरू बीचमै पढाइ छाडेर भारत गएको देखेर कक्षा ९ मा पढ्दै गरेका नरेश विकलाई पनि गाउँमा पढ्ने मन छैन। उनले भने, ‘केही वर्ष पढेर म पनि कमाउन बम्बई जान्छु।’

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले युवालाई स्वरोजगार बनाउने उद्देश्यले कपाल काट्नेदेखि कम्प्युटरसम्मको तालिम दिन एक करोड बजेट छुट्याएको बताए। उनले एक घर एक रोजगार र कृषिमा आधुनिकीकरणलगायत विकासका काम पहिलो प्राथमिकतामा रहेको बताए। अछामका १० स्थानीय तहमध्ये साँफेबगर नगरपालिका सुगम र मुख्य व्यापारिक केन्द्र मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.