सेनामा जागिर लगाइदिने भन्दै पैसा लिने तीन सैनिक बर्खास्त

सेनामा जागिर लगाइदिने भन्दै पैसा लिने तीन सैनिक बर्खास्त

तुलसीपुर :  नेपाली सेनामा जागिर लगाइदिने भन्दै युवासँग पैसा लिने तीन नेपाली सेनालाई सेनाले बर्खास्त गरेको छ। १९ नम्बर बाहिनी अड्डा तुलसीपुर मातहतमा रहेको ज्वालादल गण जाजरकोमा कार्यरत तीन  सैनिकलाई आर्थिक अनियमितिता तथा नैतिक र अनुशासनहीनता गरेको आरोपमा कारबाही गरिएको १९ नम्बर बाहिनी अड्डा तुलसीपुर दाङका बाहिनीपति, सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए। 

बाहिनीपति पाण्डेका अनुसार अनुशासनहीन काम गरेकाले सैनिक अदालतको निर्णय अनुसार बर्दियाको सानोश्री गाविस ८ घर भइ ज्वालादल गण जाजरकोटमामा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस १ चिसापानी घर भइ सोही गणमा कार्यरत हबलदार कुलबहादुर राना क्षेत्री र गोर्खाको पालुङटार नगरपालिका २ घर भएका सिपाही दिनेश अधिकारीलाई सेवाबाट बर्खास्त गर्दे कानुनी कारबाही गरिएको हो।
 

जमदार डाँगीले नेपाली सेनामा भर्ना गराइदिने भन्दै डेढलाख रुपैयाँ लिएको तथा हवल्दार रानाले आफ्नो गाउँको भन्दै सघाएको र सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रुपैयाँ लिने कबुल गरेको प्रमाण भेटिएपछि सेवाबाट हटाइएको र कोट मार्सल अनुसार कारबाही गरिएको बाहिनीपति पाण्डेले बताए। 

आर्थिक अनियमिततामा गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३÷३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला समेत गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी गोकुल भण्डारीले जानकारी दिए। 

प्रवक्ता भण्डारीका अनुसार सैनिकहित विपरित कार्य गरेका उनीहरुलाई सैनिक ऐन २०६३ को दफा ५२ को खण्ड ६ बमोजिम कारबाही गरिएको बताए। 

ज्वालादल गण जाजरकोटमा गत जेठ २ गते नेपाली सेनामा भर्ना खुलेको थियो। त्यो समयमा जागिर दिलाइदिने भन्दै पैसा खाएको हल्ला चलेपछि  नेपाली सेनाले त्यसको छानबिनका लागि १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो। 

छनोटको मौखिक अन्र्तवार्तामा सोधपुछ गर्ने क्रममा भर्ना हुन आएका मध्ये एक जनाले डेढ लाख रुपैयाँ दिइसकेको र एक जनाले भर्ना भएपछि ५० हजार दिने कबुल भएको कुरा खोलेपछि घटना अनुसन्धानसम्म पुगेको थियो। कात्तिक ५ गते उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बाहिनी पति पाण्डेले बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.