इँटा उद्योगका म्यानेजर फिदा हत्याको विरोधमा सडक अवरुद्ध

इँटा उद्योगका म्यानेजर फिदा हत्याको विरोधमा सडक अवरुद्ध

सुनसरी : इँटा उद्योगका म्यानेजर फिदा हुसेन हत्याको विरोधमा स्थानीयले जिल्लाको विभिन्न ठाउँमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। स्थानीयले सुनसरीको सोनापुर, खनार र दुहबी क्षेत्रको सडकमा टायर बालेर आगजनी गरी सडक अवरुद्ध गरे‍का हुन्।

आन्दोलनकारीले  क्षतिपूर्ति नभइ हत्यारा पक्राउ गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका छन्। उनीहरुले हत्यारा पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन्। स्थानीयले यसअघि पनि एकजना मुस्लिमकै हत्या भएको र फेरि पनि मुस्लिमकै हत्या भएको भन्दै प्रशासनसँग आक्रोस पोखेका छन्। उनीहरुले मुस्लिम समुदायको सुरक्षा नभएको भन्दै प्रशासनसँग आक्रोश पोखेका हुन्।

अहिले मृतक हुसेनको घर छेउमा प्रशासन र स्थानीयबीच छलफल भइरहेको छ।

मर्निङवाकमा रहेका हुसेनको बुधबार बिहान गोली प्रहारबाट हत्या भएको हो। गोली प्रहारबाट घाइते भएका उनलार्इ उपचारका लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.