डडेल्धुरा बस दुर्घटना अपडेट : १८ जनाको मृत्यु, २८ को उपचार हुँदै

डडेल्धुरा बस दुर्घटना अपडेट :  १८ जनाको मृत्यु, २८ को उपचार हुँदै

धनगढी : डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो । 

शुक्रबार बिहान ३ बजेसम्म घटनास्थलमा रहेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले मृतक १८ जनामध्ये ५ जना महिला र १३ पुरुष रहेको बताए । उनीहरु मध्ये ६ जनाको मात्रै सनाखत भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुरज केसीले जानकारी  दिएका छन् । 

डडेल्धुराको उग्रतारा मन्दिरमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस दिन सुदूरपश्चिमसहित नेपालका अन्य स्थान र भारतबाटसमेत दर्शनार्थी आउने गर्दछन। सार्वजनिक यातायातका साधनहरुमा बढी भीड हुने भएकाले डोटीबाट त्यहाँका स्थानीयहरुले एक नीजि स्कुलको गाडी लिएर जात्रा जहेर्न आएको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गभ्भीर घाइते १५ जनालाई उपचारका लागि धनगढी ल्याइएको छ । पिस जोन विद्या निकेतनका प्रिन्सीपल शिखर नगरपालिका–१० का शिव बलायर, उनकी श्रीमती सरिता बलायर र १४ महिनाकी छोरी शिवानी बलायर सहित ७ जनाको सेतीअञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 यस्तै अन्य ८ जनाको मायामेट्रोसहितका धनगढीका अन्य अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका दुई जना  सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।  बसमा ४८ जना यात्रु सवार रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

घाइतेको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले शुक्रबार बिहान ३ बजेसम्म उद्धार गरेर अस्पताल पुर्‍याएका थिए । 

सनाखत भएका मृतकहरु
१) डोटीको नवदुर्गा गाउँपालिका-३ का २२ वर्षका चक्र धामी
२) दिपायल सिलगढी नगरपालिका-३५ वर्षका शशि विक
३) शिखर गाउँपालिका-११ का २५ वर्षका गोदा भाट
४) शिखर गाउँपालिका-११ का ४० वर्षका कैलाश रावल
५) शिखर गाउँपालिका-११ का ४० वर्षकै योगेन्द्र रावल
६) शिखर नगरपालिका-१० का १६ वर्षका रोहित बलायर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.