भीरबाट खसेर महिलाको मृत्यु
![भीरबाट खसेर महिलाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Death-body_20180930062535_zUI3orjqzz.jpg)
बाजुरा : जिल्लाको बडिमालिका नगरपालिका-९ बाउलीकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका-९ बाउली बस्ने पेमाग्ल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दावासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।
मृतक गुरुङ मार्तडीको गैरीबजारमा रहेको बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ पर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।
मृतक गुरुङको शव कच्ची बाटोबाट करिब २५ मिटर तल साफेमार्तडीको पीच सडकमा आइतबार बिहान किरब ५ बजेतिर स्थानीवासीले फेला पारेको हो। मृतककको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)