धनगढीमा सातौं बेटी सम्मेलन सुरू, १७ जना सम्मानित
धनगढी : धनगढीमा सातौं राष्ट्रिय बेटी सम्मेलन सुरू भएको छ । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहका बीच सम्मेलनको उद्घाटन गरेका हुन् । आसनमा महिला,भाषणमा महिला र शासनमा महिला (आभासा) अभियानअन्तर्गत धनगढीमा बेटी सम्मेलन सुरू भएको हो ।
मूलधार महिला सेवा केन्द्र (मासवेश) उदयपुरकी अध्यक्ष नजबुल खानको अध्यक्षतामा भएको सम्मेलनमा मधेसी आयोगकी सदस्य रेणु देबी साहसहितका १७ जना महिला सम्मानित भएका छन् । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खडका,लम्की चुहा नगरपालिकाकी मेयर शुसीला शाही,आभाषा कर्णाली प्रदेश संयोजक देबी भट्टराई,गिनिज बुकमा नाम लेखाउन सफल शेख मुन्ना,जिल्ला अस्पताल उदयुपुरका डाक्टर निर्मला चौधरी,राष्ट्रिय भूमि आयोग सदस्य इन्दिरा निरौला,नीति तथा योजना अयोग सुदूरपश्चिमकी उपाध्यक्ष डाक्टर जीवन राना चेलिबेटी सशक्तिकरण सम्मान २०८१ बाट सम्मानित भएका छन् ।

यस्तै अछामको ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही,बाजुराको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा,पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा,दृष्टि फाउन्डेशनकी अध्यक्ष कल्पना भट्ट, दलित अधिकार मञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमिरे,बान्नीगढी जयगड गाउँपालिकाकी उपाध्यक्ष विन्दु रावल,फतिमा फाउन्डेशन नेपालगञ्जकी नाजीया बाना,जिल्ला महिला अधिकार मञ्च अछामकी अध्यक्ष अप्सरा कुवर र नेपाल पत्रकार महासंघ कैलालीकी उपाध्यक्ष भावना जोशीलाई पनि चेलिबेटी सशक्तिकरण सम्मान २०८१ सम्मान प्रदान गरिएको छ ।
सम्मेलनको दोस्रो दिन सोमबारको कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडका प्रमुख अथिति रहेका थिए । सम्मेलन मंगलबार धनगढी घोषणापत्र जारी गर्दै समापन हुने आयोजक संस्थाकी अध्यक्ष नजबुल खानले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !