भारतको सहयोगमा दार्चुलामा बन्यो स्वास्थ्य चौकी भवन
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ। 'नेपाल-भारत विकास सहकार्य' अन्तर्गत २ करोड ५३ लाख लागतमा निर्मित भवनको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।
कार्यक्रममा नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए। निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्न उपयोगी हुने उनीहरूले विश्वास व्यक्त गरे।
कार्यक्रममा राजनीतिक प्रतिनिधि,सरकारी अधिकरी र सामाजिक कार्यकर्ताहरूको बाक्लो उपस्थित रहेको थियो।
प्रतिक्रिया दिनुहोस !