अछाममा १३ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने

अछाममा १३ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अछाम : अछाममा १३ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ कार्यालयका अनुसार पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप ६ देखि १० कक्षासम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ८ सय ७२ जना किशोरीलाई लगाइने भएको हो । 

साँफेबगर नगरपालिका स्वास्थ शाखाको आयोजनामा एचपीभी खोप अभियान २०८१ को पालिका खोप समन्वय समिति तथा सरोकारवालाका लागि आइतबार भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र जोशीले माघ २२ गते देखि सञ्चालन हुने खोपका बारेमा जानकारी दिएका छन् । 

अछामका दश पालिकामध्ये सबैभन्दा बढी पञ्चदेवल  विनायक नगरपालिकामा एक हजार ६५७ र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ८२७ जनालाई एचपीची खोप लगाइनेछ । मेल्लेख गाउँपालिकामा एक हजार ६२२,रामारोशन एक हजार ५६६,मंगलसेन एक हजार ५२१,साँफेबगर नगरपालिका एक हजार ५०२,तुर्माखाँद गाउँपालिकामा एक हजार ४२५,कमलबजार एक हजार ४१४, ढकारी गाउँपालिकामा एक हजार १८२ र चौरपाटी गाउँपालिका एक हजार १५६ जना किशोरीलाई खोप लगाउने जिल्ला स्वास्थ कार्यालयको तथांकमा उल्लेख छ ।

विद्यालयमा रहेका १३ हजार ६११ र विद्यालय बाहिर रहेका २६१ जनालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभि खोप लगाइने जोशीले जानकारी दिए । जिल्ला भरी १६१ खोप केन्द्र र ९४ अन्य ठाउँमा खोप लगाइने कार्यक्रम रहेको छ । 

कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुँवर,उपप्रमुख शिबबहादुर कुँवरलगायत वडाअध्यक्ष,कार्यपालिका सदस्य,पत्रकार लगायतको सहभागिता रहेको थियो । साँफेबगर नगरपालिकाका १ हजार ५ सय २ जना किशोरीहरुलाई एचपीभी खोप लगाइनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.