करिब ६ लाख नगद र लागूऔषधसहित दुई पक्राउ

करिब ६ लाख नगद र लागूऔषधसहित दुई पक्राउ

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणमा लागूऔषध तथा नगदसहित दुईजनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ साढे आठ बजेतिर भरतपुर महानगरपालिकाको- २ समीचोकबाट २४ वर्षीय बिशाल घले र २५ वर्षीय केशव घलेलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूबाट लागूऔषध डाइजेपाम २७१ एम्पुल, ब्युपिनर्फिन २७१ एम्पुल, फेनरागन २७१ एम्पुलसहित नगद पाँच लाख ८० हजार १८० रूपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। 

उनीहरूलाई सुराकीको आधारमा पक्राउ गरिएको उपरीक्षक रेग्मीले बताए। 'लागूऔषध बिक्री गर्दै हिँडिरहेको सुराकीको आधारमा पक्राउ गरिएको हो।रेग्मीका अनुसार उनीहरुले बरामद गरेको नगद सबै लागूऔषध बिक्री गरेरै कमाएको प्रहरीसमक्ष बताएका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.