गोरखामा सडक निर्माण गरिरहेको डोजर जलाइयो
गोरखा : गोरखाको दुर्गम गाउँ लापुमा सडक निर्माण गरिरहेको डोजर एक अज्ञात समूहले जलाइदिएको छ।धार्चे गाउँपालिकाको गुम्दा-लापु सडकको पौटु भन्ने ठाउँमा सडक निर्माण गरिरहेको निश्चल निर्माण सेवाको डोजर गए राति जलाएको गोरखाका प्रहरीप्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए।
डरधम्की देखाएर विकास निर्माणको बजेट हातपार्ने बानी परेका स्थानीय विकास विरोधीले सो डोजर जलाएको हुनसक्ने वडा- ७ का अध्यक्ष सूर्यमान गुरुङले जानकारी दिए।
माछाखोला प्रहरी चौकीबाट गएको प्रहरी टोली अहिले घटनास्थल पुगि घटनाबारे अनुसन्धान थालेको छ।उछृङ्खल युवाको समूहले डोजर जलाएको हुनसक्ने आशंका गरिएको छ।
प्रतिक्रिया दिनुहोस !