भारत र पाकिस्तानबीच ऐतिहासिक सहमति, ‘नयाँ युगको सुरुवात’

भारत र पाकिस्तानबीच ऐतिहासिक सहमति, ‘नयाँ युगको सुरुवात’

नयाँदिल्ली : धार्मिक यात्रुको लागि लक्षित गर्दै पाकिस्तानले भारतसँगको एउटा नाका खुला गरेको छ । भिसा विना नै भारत र पाकिस्तान आवतजावत गर्न मिल्ने गरी इतिहासमै पहिलो पटक प्रावधान ल्याइएको हो ।

पाकिस्तान र भारतमा रहेका दुई धार्मिक सहर गुरुद्वारा र डेरा बाबा जोड्ने नाका खुला गर्ने सहमति भएको हो । जुन ६ किलोमिटर दूरीमा छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार भारतको सहर डेरा बाबा नानकसँग जोडिने कर्तरपुरको गुरुद्वारा नाका उद्घाटन गर्दै यो कदम ऐतिहासिक भएको र नयाँ युगको सुरुवात भएको बताए ।

साथै भारत–पाकिस्तानबीच सम्बन्धको नयाँ आयामको रुपमा पनि यो पहललाई ब्याख्या गरिएको छ । पाकिस्तानले गरेको यो पहलबाट मुख्यगरी भारत र पाकिस्तानमा रहेका दुई धार्मिक स्थललाई प्रत्यक्ष जोड्ने छ ।

‘बिगतमा दुबै पक्षबाट गल्ती भएका छन् । तर हामी दुबै पक्षले ती जन्जाल नतोडिकन अघि बढ्न सक्ने छैनौँ,’ पाकिस्तानी प्रधानमन्त्री खानले भने, ‘बिगत हामीलाई सिकाउनको लागि मात्रै हो त्यसमै जिउनको लागि हैन ।’

गुरुद्वारा सीमा नाका भने अर्को वर्ष गुरु नानकको ५५ औँ जन्म दिवसको अवसर पारेर खुला गरिने बताइएको छ । पाकिस्तानसँगै यही साता भारतको पनि सीमा क्षेत्रमा यस नाका उद्घाटन गर्ने कार्यक्रम छ ।

दुई ‘दुश्मन मुलुक’भनी चिनिएका भारत र पाकिस्तानबीच यस्तो सम्झौता असम्भवप्रायः मानिएको थियो । जब कि, उनीहरुबीच विभाजित भएदेखि नै निरन्तर लडाइँ जारी छ ।

शताब्दिऔं अघि गुरु नानकले शीख धर्मको सुरुवात गरेको मान्यता छ । साथै हिन्दु र मुस्लिम समुदायकै आदर्श व्यक्तिको रुपमा पनि उनलाई लिइन्छ । नानकको अन्त्येष्टी भएको गुरुद्वारा धार्मिक क्षेत्र अहिले पनि हिन्दु र मुस्लिमका लागि पूज्य क्षेत्र मानिन्छ । सोही क्षेत्रमा तिर्थयात्री सहजै रुपमा आवत जावत गर्न सकुन् भनी दुई देशबीच सम्झौता भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.