लागुऔषध सहित एक युवा पक्राउ
खाँदबारी : चिचिला गाउँपालिका–३ का स्थायी बासिन्दा विकास राई लागुऔषध सहित पक्राउ परेका छन् । खाँदबारी–१ को देवकोटा चोकबाट उनलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नीरिक्षक रामजी कटुवालका अनुसार राईबाट २ किलोग्रम गाँजा बरामद गरिएको छ । प्रहरीको फरार सूचीमा रहेका रहेका राई सभापोखरी गाउँपालिका–१ का लालबहादुर राईलाई धारिलो हतियार प्रहार गरेको अभियोग थियो ।
उक्त घटनाको चार महिनापछि उनलाई प्रहरीले पक्राउ गरेको हो । निज राईले २०६८ सालको साउनमा अन्नपूर्णकर्मी पत्रकार किशोर बुढाथोकीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । पत्रकार बुढाथोकीलाई कुटपिट गरेपछि जेलसजाय भुक्तान गरिसकेका राईविरुद्ध दुई जर्दन भन्दा बढी उजुरी परिसकेका छन् ।