शैक्षिक भ्रमणको बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

शैक्षिक भ्रमणको बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

गोरखा : गोरखामा बसले किचेर एकजना विद्यार्थी मृत्यु भएको छ। पोखराबाट शैक्षिक भ्रमणका लागि गोरखा आउँदै गरेको बसले किचेर विद्यार्थीको मृत्यु भएको हो।

पोखरा महानगरपालिका पाटनबेशीको तारापुञ्ज माविका विद्यार्थी बोकेको ग १ ख ६३९६ नम्बरको बसले शुक्रबार दिउँसो गोरखा नगरपालिका १२ शिखरडाँडाको सेन्ट जोसेफ स्कुलका विद्यार्थी प्रिन्स थापा मगरलाई किचेको हो। 

बसले सडक पेटीमा हिँड्दै गरेका विद्यार्थीलाई किचेको स्थानीयले बताएका छन्। प्रहरीले बस र चालकलाई लियन्त्रणमा लिएको छ। एसपी विमल बस्नेतका अनुसार घटनाको विषयमा छानबिन सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.