नेपालमा एचआईभी संक्रमण घट्दो

नेपालमा एचआईभी संक्रमण घट्दो

काठमाडौं : नेपालमा एचआईभी संक्रमणको दर घट्दो क्रममा छ। सात वर्षयता नयाँ संक्रमणको दर ६१ प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ।

शुक्रबार एक कार्यक्रममा केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले सात वर्षयता नयाँ संक्रमण घट्दै गएको बताए। उनले भने, ‘सन् २०१० देखि हालसम्म नेपालमा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको छ। बालबालिकामा देखापर्ने संक्रमणमा पनि ६३ प्रतिशतले कमी आएको छ।’

प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। यस प्रदेशमा तीन सय ३९ पुरुष, दुई सय ४० महिला र ६ जना तेस्रो लिंगीमा संक्रमण रहेको पाइएको छ। त्यस्तै प्रदेश ३ मा दुई सय ४१ पुरुष, एक सय ८६ महिला र १८ जना तेस्रो लिंगीमा संक्रमण देखिएको केन्द्रले जनाएको छ।

प्रदेश २ मा दुई सय १४ जना पुरुष र एक सय २० जना महिलामा एचआईभी भाइरस देखापरेको छ। प्रदेश १ मा एक सय ५३ पुरुष र ८७ महिलामा संक्रमण भएको बताइएको छ। यस प्रदेशमा नौ जना तेस्रो लिंगीमा पनि एचआईभी भाइरस पाइएको छ।

यसैगरी प्रदेश ७ मा एक सय ४२ पुरुष र एक सय एक जना महिला संक्रमित छन्। चार जना तेस्रो लिंगीमा समेत संक्रमण फेला परेको छ। प्रदेश ६ मा सबैभन्दा कम संक्रमित पाइएका छन्। यहाँ पुरुष १७ र महिला सात जनामा संक्रमित छन्।

केन्द्रका अध्यक्ष डा.तारानाथ पोखरेलले एचआईभी संक्रमण हुनुको पहिलो कारण असुरक्षित यौनसम्बन्ध रहेको बताए। संक्रमितमध्ये ७६ प्रतिशतलाई असुरक्षित यौनसम्पर्कबाटै लाग्ने गरको छ। १५-४९ उमेर समूहका व्यक्तिमा संक्रमण बढी देखिएको छ। केन्द्रका तथ्यांक अधिकृत वीरबहादुर रावलका अनुसार, सुईद्वारा लागुपदार्थ लिने र पुरुष समलिंगीमा भने संक्रमणको दर बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.