आन्दोलनले मध्यमोदीको निर्माणकार्य ठप्प

आन्दोलनले मध्यमोदीको निर्माणकार्य ठप्प

कुश्मा : मजदुर आन्दोलनका कारण मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण ठप्प बनेको छ। औद्योगिक घरना चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिका-२ देउपुरमा निर्माण गरिरहेको १५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य तीन दिनदेखि ठप्प छ।

आयोजनामा कार्यरत मजदुरले विभिन्न माग राख्दै आन्दोलन गरेपछि बुधबारदेखि निर्माण कार्य रोकिएको हो। मजदुर आन्दोलनका कारण सुरुङ, पावर हाउस, इन्टेकलगायत संरचना निर्माण कार्य हुन नसकेको आयोजनाले जनाएको छ।

आयोजनाको सुरुङमा विष्फोटनका लागि माटोको लोला भर्ने काममा कार्यरत मजदुरलाई कामबाट निस्कासन गरेको विरोध गर्दै उनीहरूले निर्माण कार्य बन्द गराएका छन्। निस्कासन गरिएका ६ जना महिलालाई पुनर्वहाली गर्नुपर्ने माग मजदुर युनियनले राखेको भए पनि आयोजनाले पुनर्वहालीका लागि पहल नगरेको भन्दै काम नै ठप्प परेर मजदुर आन्दोलनमा उत्रिएका हुन्।

आयोजनाले भने सुरुङमा विष्फोटनको काम सकिएको र निर्माण काय अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा करारमा राखिएका कर्मचारी निस्कासन गरिएको बताएको छ। आयोजना प्रमुख निरञ्जनकुमार राउतले काम पनि नभएको र गत असारदेखि नै तलब निकासा नभएका कारण दसैंपछि निस्कासन गरिए पनि छलफल गरी समस्या समाधानको प्रयास भइरहेको बताए। ‘काम नभएका कारण मजदुर निष्कासन गरिएको हो’, आयोजना प्रमुख राउतले भने, ‘हामीले छलफल र संवादबाट मजदुरलाई वैकल्पिक ढंगले व्यवस्थापन गर्ने योजनामा छौं।’ मजदुरका माग पूरा गर्न माथि पहल भएको पनि उनले बताए।

पर्वतको मोदी गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार सात सय मिटर सुरुङमध्ये दुई हजार चार सय मिटर सुरुङ निर्माण कार्य भइसकेको छ। बाँकी भागमा विष्फोटन नगरी निर्माण कार्य अघि बढेको आयोजना प्रमुख राउतले जानकारी दिए। उनका अनुसार हेडवक्स र पावरहाउसको काम पनि चलिरहेको छ।

२०७१ साल मंसिरबाट निर्माण सुरु भएको आयोजनाको ६० प्रतिशतभन्दा बढी काम भएको छ। आयोजनामा कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी - २ देउपुरको बेतेनीसम्म दुई हजार ६ सय ९३ मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ। यहाँ उत्पादित विद्युत् चार किलोमिटर लामो प्रसारण लाइनमार्फत देउपुर-पोखरा १३२ केभी सबस्टेसन जडान गरिनेछ। आयोजनामा प्राइम बैंकको नेतृत्वमा सातवटा बैंकले लगानी गरेका छन्।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्थानीय मोदी गाउँपालिकालाई जलविद्युत् आयोजनाको समस्या समाधान गर्न पहल गर्न आग्रह गरिएको बताए। उनले ठूलो आयोजनाको काममा अवरोध पुर्‍याउन नहुने भन्दै तत्काल समस्या समाधानका लागि पहल गरिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.