१६ वर्षपछि सुरु भयो तमोरमा र्‍याफ्टिङ

१६ वर्षपछि सुरु भयो तमोरमा र्‍याफ्टिङ

फिदिम : र्‍याफ्टिङ गर्न मिल्ने नदीको सूचीमा परेको १६ वर्षपछि बल्ल तमोरमा व्यवसायिक रुपमा र्‍याफ्टिङ सुरु गरिएको छ। हिलिहाङ गाउँपालिकाको पिनासी घाटदेखि फिदिम नगरपालिकाको माझिटारसम्मको तमोर नदीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ सुरु गरिएको हो।

तमोर भ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालीले तमोरमा व्यवसायिक रुपमा र्‍याफ्टिङ सुरु गरेको हो। प्रालिका प्रमुख दिपेन्द्र तुम्बापोका अनुसार 'वान डे' प्याकेजमा १२ किलोमिटरको जलयात्रा गराएको बताए।

एडभेन्चर रिभर ट्रेन्सको प्राविधिक सहयोगमा दैनिक रुपमा र्‍याफ्टिङ गराउन थालिएको हो। तुम्बापोले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले र्‍याफ्टिङ सुरु गरिएको बताए। उनले यसलाई थप व्यवस्थित गर्दै लैजाने तयारी रहेको पनि जानकारी दिए।

एडभेन्चरले १२ किलोमिटरको जलयात्राका लागि प्रति व्यक्ति तीन हजार  तिर्नुपर्ने व्यवस्था गरेएको छ। दुई घण्टा गरिने उक्त जलयात्रा निकै रमाइलो भएको र्‍याफ्टिङमा सहभागीको भनाई छ।

तीन हजार तिरेपछि प्रालीले नै बिहानको खाना र दिउँसोको खाजाको  व्यवस्था गर्छ। फिदिमदेखि पिनासी घाटसम्म  र्‍याफ्टिङ  गराइने भएको छ। दुई घण्टा जलयात्रा गरेपछि माझिटारमा पुगिन्

सात वर्षको अनुभव बटुलेका गाइडर साजन थापा मगरको गाइडमा एक पटकमा ८ जनालाई र्‍याफ्टिङ गराउन थालिएको हो। पहिलो पटक १६ फुटको बोटमा एकैसाथ आठजनालाई यात्रा गराइएको हो । पिनासिघाटदेखि नक्कले, थामदिने, सेती, सिमालिघाट हुँदै माझिटारसम्म जलयात्रा गराइएको हो।

नेपाल र्‍याफ्टिङ एशोसियसनका पूर्व अध्यक्ष गोपाल खरेलका अनुसार तमोर नदीमा ताप्लेजुङको दोभानदेखि सुनसरीको चतरासम्म सन् १९९७ मा र्‍याफ्टिङका लागि सर्वे गरिएको थियो। सर्वेपछि २००२ मा यो ठाउँ र्‍याफ्टिङ गर्न मिल्ने सूचिमा परेको थियो। र्‍याफ्टिङ गर्न सकिने भएपनि यसअघि व्यावसायिक रुपमा र्‍याफ्टिङ गरिएको थिएन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.