व्यापारिक तनाव रोक्न अमेरिका-चीन सहमत

व्यापारिक तनाव रोक्न अमेरिका-चीन सहमत

 बुएनस आयर्स : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ। विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो।

दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लाग्दैआएका करमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन। दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोजपछि ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनियाँ सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको छ। ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट पारेको छ। दुवै नेताले व्यापार युद्ध अन्त्यका लागि लगातार संवाद गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। ह्वाइट हाउसका अनुसार दुई नेताबीच निकै सफल बैठक भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जी-२० को बैठकमा सहभागी हुन अर्जेन्टिनाको बुएनस आयर्समा छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘यो सम्झौताले दुई मुलुकबीचको आर्थिक तनाव कम गर्ने भएको छ र दुवैको जितका रूपमा यो सम्झौता भएको छ।’

सम्झौताबमोजिम अर्को वर्षको शुरुबाटै चिनियाँ सामानमा लाग्दैअएको १० प्रतिशत करलाई २५ प्रतिशत पु¥याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको छ। तैपनि, यो आंशिक सम्बोधन मात्र हो।

झण्डै ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा यसअघि नै २५ प्रतिशत कर लाग्न थालिसकेको छ। साथै, राष्ट्रपति ट्रम्पले जनवरीबाट करिब २ खर्ब डलर बराबरका चिनियाँ सामानमा पनि थप १० प्रतिशत कर लगाउने योजना यसअघि नै चेतावनी दिएका छन्। यसैबीच चीनले करिब १ खर्ब १० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ।

चीनमा रहेका व्यापारिक अवरोधहरू, बौद्धिक सम्पत्तिको चोरी तथा अन्य कारबाहीका कारण चीनमा स्वच्छ व्यापारमा कठिनाई आएको अमेरिकी आरोप छ। यी समस्या सुल्झाउन उपयुक्त कदम नचाले चीनविरुद्ध थप दण्डात्मक कार्यबाही गरिने अमेरिकाले चेतावनी दिँदै आएको थियो।

अमेरिकी राष्ट्रपतिले जारी गरेको वक्तव्यमा चीन र अमेरिकासँग असीमित सम्भावना रहेको बताउँदै चिनियाँ राष्ट्रपति सीसँग भएको बैठक निकै फलदायी रहेको उल्लेख गरेका छन्। सीले भने, ‘हामीबीचको सहयोगात्मक कार्यहरूले मात्र शान्ति र समृद्धि हासिल गर्ने दुवै मुलुकको चाहना पूरा हुन सक्छ।’

दुवै नेताबीचको रात्रिभोज सोचिएभन्दा लामो समय चलेको थियो। रात्रिभोजमा अमेरिका र चीनका उच्च अधिकारीहरूको समेत सहभागिता थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.