रात्रिक्लबमा भागदौड, ६ जनाको मृत्यु
रोम : इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रिक्लबमा शुक्रवार राति अबेर भएको भागदौडमा कम्तीमा ६ जनाको ज्यान गएको इटालीका अग्निनियन्त्रकले जनाएका छन्। राति १ः०० बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागाभाग मच्चिएको थियो।
अग्निनियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्विटरमार्फत प्रेषित एक विज्ञप्तिमा भनिएको छ, ‘एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भीडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।’
स्थानीय सामाचारमा एद्रियातिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्दो शहरमा ब्लु लानतर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरञ्जन लिइरहेका समय एक्कासि भागदौड मच्चिएको छ।
‘क्लबमा जब अति तीखो गन्ध फैलियो त्यस बेला हामी कन्सर्टको पर्खाइमा नाचेर मनोरञ्जन गरिरहेका थियौँ’, घटनामा घाइते भई उपचाररत एक प्रत्यक्षदर्शी १६ वर्षीय युवकले भने। त्यसपछि क्लबको एउटा आकस्मिक प्रस्थान गेटमा आफू पुगेको तर क्लबका सुरक्षागार्डले फिर्ता हुन भनेपछि फकिएको बताए। यसरी भागाभाग गर्दा घाइते भएको उनले जानकारी दिए। ए
एफपी