जापानी कम्पनी निशानले डेढ लाख कार फिर्ता गर्ने

जापानी कम्पनी निशानले डेढ लाख कार फिर्ता गर्ने

तोक्यो : जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कार फिर्ता लिने बताएको छ। जापानी विशाल कार कम्पनीका अध्यक्ष रहेकै बेला पक्राउ परेका कार्लोस गोसनको अभावबाट अघि बढिरहेको कम्पनीलाई आर्थिक हिसाबले झड्का दिने यो अर्को घटना बनेको छ। ‘निशानले पछिल्लो समय कैयौँ कारमा प्रक्रियागत परीक्षण नभएको भनाइ बजारमा आएपछि कम्पनीले कार फिर्ता गरेर अनुसन्धान अघि बढाउन लागेको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निशानले मुलुकभरबाट तुरुन्तै झण्डै एक लाख पचास हजार कार फिर्ता माग्नेछ।’

निशान कार कम्पनीले घरेलु ‘एसेम्बली प्लान्ट’ मा निर्मित आफ्ना कतिपय सवारी साधनका ब्रेक, गति नाप्ने मिटर र अन्य केही प्रणालीको परीक्षण नभई बजारमा पठाएको पाइएको पुष्टि गरेको छ। यसरी फिर्ता ल्याइने कारहरूमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को अक्टोबरसम्म बनेका नोट, लिफ, मार्च र क्युवजस्ता सुगठित कारमा त्रुटि भएको प्रतिक्रियापछि यी सहित विभिन्न १० प्रकारका कारका डेढ लाख कार फिर्ता गर्न लागेको हो। कम्पनीले कार फिर्ता ल्याउने कुरा आफ्ना अधिकारीलाई जानकारी गराएको जनाइएको छ।

निशानका उपाध्यक्ष सेइजी होन्दाले भने, ‘कम्पनीले समस्या देखिएका भनिएका गाडीहरूको आन्तरिक प्रणाली यसको नियमनकारी निकायमार्फत पुनः परीक्षण गर्ने र सही परीक्षणपछि मात्र पुनः बजारमा पठाइनेछ। हामीले सबै सम्बद्ध पक्षको विश्वास पुनः प्राप्त गर्न कडा मेहनत गर्नेछौँ।’ अख्तियारी नपाएका कर्मचारीद्वारा केही सवारीसाधनको आन्तरिक यान्त्रिक प्रणालीको परीक्षण गरी बजारमा पठाएको आरोपपछि उक्त कम्पनीले गत वर्ष पनि १० लाखभन्दा बढी गाडी फिर्ता गरी आवश्यक परीक्षण गरेको थियो। जुलाईमा आएको अर्को फरक मुद्दामा निशानले ‘एक्जस्ट इमिसन’ र ‘इकोनोमी मोड’ बारे प्रचार गरिएका डाटा नै झूटा भएको आरोपपछि यस विषयमा ग्राहकको विश्वास जित्न कठिन भएको थियो।

फ्रान्समा ‘ले कोस्ट किलर’ का नामले चिनिने के गोसनले आफ्नो कार्यकालमा व्यापक मूल्य कटौती गरी पठाउने सिलसिलामा सम्भवतः परीक्षणमा त्रुटि भएको होन्दाले बताए। गत वर्षको र पछिल्लो परीक्षण समस्या एउटै हो वा होइन यसबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिए। निशानका अध्यक्ष रहेकै समय आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका गोसन र एक अर्का अधिकारीलाई कम्पनीले जिम्मेवारीबाट मुक्त गरेको छ। यद्यपि गोसनले आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै यसको खण्डन गर्दै आएका छन्।एएफपी 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.