‘चोर बाटो’बाट कर्मचारी समायोजन अध्यादेश जारी

‘चोर बाटो’बाट कर्मचारी समायोजन अध्यादेश जारी

काठमाडौं : संसद् छलेर सरकारले शीतल निवास पठाएको कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन्।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार 'कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५' जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए। 

संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको भन्दै चौतर्फी विरोध भइरहेको छ।यसअघि सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको बारे जानकारीसमेत गराएको थिएन। 

बिहीबारको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो निर्णय लुकाएका थिए।  

संसद् छलेर कर्मचारी समायोजन अध्यादेशमा आएकोमा सत्तारूढ दलकै सांसदले आपत्ति जनाएका थिए । अध्यादेशमा कर्मचारीलाई अनिवार्य समायोजनमा जानुपर्ने बाध्यात्मक व्यवस्था छ। सरकारले मन्त्रिपरिषद्बाट पारित गरेर प्रमाणीकरणका लागि समायोजन अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.