ह्‍वावेकी वित्तीय प्रमुख पक्राउबारे क्यानडाका राजदूतसँग सोधपुछ

ह्‍वावेकी वित्तीय प्रमुख पक्राउबारे क्यानडाका राजदूतसँग सोधपुछ

बेइजिङ : ह्‍वावेकी वित्तीय प्रमुख मङ वाङचाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको विरोध जनाउँदै चीनले बेइजिङस्थित क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई सोधपुछ गरेको छ।

मङलाई यही डिसेम्बर १ मा क्यानडामा पक्राउ गरिएको थियो भने अमेरिकालाई सुपुर्दगी गर्ने बताइएको छ। चीनका उपविदेशमन्त्री ल युचेङद्वारा शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गरी टोरोन्टो स्टारले लेखेको छ, ‘बेइजिङले राजदूत म्याककालमसँग क्यानडामा पक्राउ परेकी मङलाई तत्काल छोड्न आग्रह गरिएको छ।

राजदूतसँगको भेटमा मङलाई तत्काल रिहा नगरिए यसको परिणाम राम्रो हुनेछैन।’ मङलाई गत साता एउटा विमानबाट अर्कोमा जाने क्रममा क्यानडाको भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। उनी हङकङबाट मेक्सिको जाने क्रममा गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो। उनलाई बढीमा तीस वर्षसम्मको जेल सजाय माग गरिएको छ।

ह्‍वावे कम्पनीका संस्थापक रन चङफइकी छोरीसमेत रहेकी मङले कम्पनीको मातहतको स्काइकम कम्पनीमार्फत इरानमा कारोबार गरेको र यो अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीको उल्लंघन भएको भन्दै पक्राउ गरिएको हो।

अमेरिकी सरकारले कम्पनी र यसको चिनियाँ सरकारसँगको निकटतालाई निकै लामो समयदेखि हेरिरहेको बताउँदै यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको जनाएको छ। ह्‍वावेमाथि इरानमा कारोबार गरेर नाकाबन्दीको उल्लंघन गरेको भन्दै अमेरिका आक्रामक बनेको हो।

मङलाई क्यानडाली अदालतले सहमति दिएमा अमेरिका सुपुर्दगी गर्ने वा धरौटीमा रिहा गर्ने विषयमा शुक्रबार सुनुवाइ हुने बताइएको थियो। यद्यपि सुनुवाइ आगामी सोमबारका लागि सारिएको छ।

ह्‍वावेले आफ्नी आर्थिक मामिला प्रमुख कर्मचारी मङले कुनै गल्ती गरेको जानकारी नभएको बताउँदै आएको छ भने चिनियाँ सरकारले मङको रिहाइका लागि कडा आवाज उठाउँदै आएको छ। –रासस/एएनआई


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.