टिपर दुर्घटनामा चालकको मृत्यु
गोरखा : गोरखामा सोमबार भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका २ मा ना १ क ६४७७ नम्बरको टिपरबाट हाम्फाल्दा हेटौंडा उपमहानगरपालिका १९ नेवापानीका वीरबहादुर स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ।
टिपर अनियन्त्रित भएपछि चालक र सहचालक दुवै जना हाम्फालेका तर चालक स्याङ्तानको टाउको ढुङ्गामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !