हेलिकप्टरबाट सुत्केरीको उद्धार

हेलिकप्टरबाट सुत्केरीको उद्धार

जाजरकोट : सुत्केरी हुन नसकेर गर्भमै बच्चा मृत्यु भएको र अत्यधिक रक्तस्रावका कारण ज्यानै जोखिममा रहेकी वारेकोट–२ रोकायगाउँकी ४२ वर्षीया मैसरा थापालाई सिम्रिक एयरको हेलिकप्टरबाट मनीपाल अस्पताल पोखरा पुर्‍याइएको छ । बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहको पहलमा घरआँगन नेपालले थापालाई उद्धार गरेको संस्थाका अध्यक्ष दीपक सिलवालले जानकारी दिए ।

अध्यक्ष शाहले हेलिकप्टरमा लाग्ने खर्च २५ प्रतिशतसम्म स्थानीय निकायले व्यहोर्ने प्रतिबद्धतासमेत जनाए । ‘रक्तस्राव भएको ३ दिनसम्म स्थानीय धामीझाँक्री र लामाले कुलदेवता बिग्रेको भनेर झारफुक गरे, कुखुरा सुँगुर काटे, नभएपछि गाउँपालिकालाई गुहारेका हुन्’, बिरामी मैसरासँगै उपचार गराउन अस्पताल पुगेका उनका देवर हिमबहादुरले भने ।

गाउँपालिका अध्यक्ष शाहले भने, ‘आर्थिक अभाव र भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्‍याउन नसकेर अकालमा मृत्युको मुखमा पुग्छन्, सडक नभएर निकै कठिन छ ।’ घरआँगन नेपालले यसअघि सुत्केरी हुन नसकेर कठिन अवस्थामा रहेका ६ जना गर्भवतीको हवाई उद्धार गरिसकेको छ ।

हेलिकप्टर प्रयोग गरेको १ महिनाभित्र रकम भुक्तानी गर्नुपर्ने सिम्रिक एयरसँग आपसी सम्झौता भएको शाहले बताए । उद्धार गर्ने संस्थाले नेपाल मेडिकल कलेजसँग सम्झौता गरी निःशुल्क उपचार प्रबन्धसमेत मिलाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.