सरकार पूर्ण असफल : महतो

सरकार पूर्ण असफल : महतो

विराटनगर : राष्ट्रिय जनता दलका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन्।  देशमा बालत्कार, हिंसा, अराजकता दैनिक बढ्दै गएको भन्दै उनले सरकार असफल भएको आरोप लगाएका हुन्। 

‘वाम गठबन्धनको सरकार गठन भएपछि देशमा प्रशासन भएको महसुस जनताले गर्न सकेका छैनन्’, उनले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यता विपरित वर्तमान सरकार  अघि बढेकाले मुलुकमा शान्ति सुरक्षाको अवस्था इतिहासमा सबैभन्दा फितलो बनेको छ।’ 

सरकारको कुनै पनि काम सन्तोषजनक गर्न नसकेपछि सरकारको विरोध गर्नुपरेको उनले प्रष्ट पारे। उनले गुण र दोेषको आधारमा सरकारलाई समर्थन गरेकाले समर्थन र विरोध जारी राख्ने बताए।  यद्यपी पार्टी सरकारमा सहभागी नहुने कुरा उनले प्रष्ट पारे। 

‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता लिनेबारे हाम्रो पार्टीले कुनै योजना बनाएको छैन’, उनले भने, ‘अझैसम्म संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं।’

दलित, आदिवासी, जनजाति, मधेशी जनताका सवाल संविधान संशोधनमार्फत् सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने उनले प्रष्ट पारे। 

फरक प्रसंगमा उनले राजपा र फोरमबीचको एकताको  अहिले कुनै सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, ‘उपेन्द्र यादवजी सरकारमा हुनुहुन्छ, हामी सडकमा छौं। अनि कसरी एकता हुन्छ ? त्यसैले अहिले एकता सम्भव छैन। एकताको लागि त उपेन्द्रजी हामी बसेको ठाउँमा पहिला आउनुपर्छ।’  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.