वन्यजन्तुको मासु र पासोसहित एक पक्राउ

वन्यजन्तुको मासु र पासोसहित एक पक्राउ

बेनी : मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको छोङगुस्थित जंगलबाट वन्यजन्तुको मासु र पासोसहित एक शिकारी पक्राउ परेका छन्। 

प्रहरीले जंगली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट साढे दुई किलो वन्यजन्तुको मासु समेत बरामद गगरेको छ। 

दुईजना प्रहरी र १० जना स्थानीयबासीसहित गस्तीमा गएको टोलीले मंगलबार दिउँसो तीन हजार पाँच सय मिटरको उचाईंमा रहेको जंगलबाट डेढ किलो काँचो र एक किलो पकाएको मासु, दुई थान पासो र एक थान खुकुरीसहित शिकारीलाई पक्राउ गरेको  एक्यापकी रेञ्जर धनु गुरुङले जानकारी दिइन्। 

जंगलमा मासु पकाउदै र पासो थाप्दै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको गुरुङको भनाइ छ। मासुको परीक्षण र थप अनुसन्धानका लागि मगरलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पोखरास्थित कार्यालयमा पठाइने प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए।  

चोरी शिकारी बढेपछि प्रहरी र एक्यापका कर्मचारीसहित गस्तीमा जाने क्रममा रङ्गेहात शिकारी पक्राउ गर्न सफल भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले बताए।  

थकालीका अनुसार मगरको साथबाट बरामद गरिएको मासु कस्तुरी मृग र घोरलको हुन सक्ने अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.