प्रहरीको आँखामा खुर्सानीको धुलो छर्केर भाग्दा...

प्रहरीको आँखामा खुर्सानीको धुलो छर्केर भाग्दा...

सिमकोट : जिल्ला प्रहरी कार्यालयस्थित ड्यूटीमा खटिएका प्रहरी जवानको आँखामा खुर्सानीको धुलो छर्केर भाग्न खोज्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

हिरासतबाट भाग्न खोज्ने एकजना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयको हातामा रहेको हिरासतमा रहेका अभियुक्तले सुरक्षाकर्मीको आखाँमा खुर्सानीको धुलो छर्केर भाग्न खोज्दा उनलाई पक्राउ गरिएको बताइएको छ ।

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतमा रहेका सर्केगाढ गाउँपालिका–२ कागङे महतरा प्रहरीलाई छलेर भाग्न खोज्दा फेरि पक्राउ परेका हुन् । थुनुवाहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको आँखामा महतराले चाउचाउको धुलो खुर्सानी छकेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठका अनुसार महतारा हातहतियार खर–खजाना र कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका हुन् । मंसिर पहिलो साता हुम्ला जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि उनलाई थुनामै राखिएको छ ।

थुनुवा महतारा आज बिहान ४ बजेको समय शौचालयमा शौच गर्न गएका थिए । त्यहाँबाट हिरासतको ढोका खोली भित्र जाने क्रममा सुरक्षर्थ ड्यूटीमा खटिएका सुरक्षाकर्मी प्रहरी जवान सुन्द्र सिंहको आँखामा उनले खुर्सानी फालेका थिए । प्रहरी जवान सिंहलाई भने जिल्ला अस्पताल नै लैजानु परेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.