रोगको प्रकोपले सुन्तला उत्पादन घट्यो

रोगको प्रकोपले सुन्तला उत्पादन घट्यो

जाजरकोट : गत वर्ष सुन्तलाबाट १० लाख आम्दानी गरेका कुशे गाउँपालिका–५, दम्दालाका शक्तिबहादुर वलीले यो वर्ष सुन्तलामा रोग लागेपछि चार लाख पनि हात पार्न मुस्किल भएको गुनासो गरेका छन् । ३५ रोपनी जग्गामा सुन्तला खेती गरेका वलीले गत वर्षको तुलनामा यस वर्ष आधा सुन्तला उत्पादन घटेको बताए। उनले सुन्तलाका बोट, पात सुक्ने र सुन्तलाका दाना पनि कालो भएर कुहिने समस्याका कारण यो वर्ष बोटमा सुन्तला निकै कम फलेको बताए। उनको बारीमा एक हजार बोट छन्।

फूल खेल्ने सिजनमा खडेरी परेको र पाक्ने सिजनमा एकाएक झर्ने समस्याले यसपटक उत्पादन हुन नसकेको उनले बताए । दम्दालामा सुन्तला धेरै फल्ने क्षेत्र हो। यसपटक उत्पादन घटेको किसानले बताएका छन्। दाना कालो हुने, बोट सुकेर जाने, दानाभित्र कीरा र ढुसी देखिएको वलीले बताए।

सुन्तलाका बोट गभारो अर्थात ढुसीले सुक्ने र दाना कालो हुन थालेपछि उत्पादन गत वर्षको तुलनामा निकै घटेको किसान बताउँछन्। गत वर्ष आठ करोड बराबरको सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष सोको आधा पनि उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र जाजरकोटले जनाएको छ। कुशे–५ का कर्णबहादुर थापाले बारीमा लगाएका सुन्तलाका बोट फल टिप्ने बेला सुक्न थालेको बताए। गत वर्षको तुलनामा आधा उत्पादन घटेको उनले बताए। अर्का कृषक तिलकबहादुर पुन पनि ढुसी रोगले सुन्तलाका दाना कालो हुने, डाँठ सुक्ने पात पहेंलो हुने र पछि पूरै बोट सुक्नाले आफूहरू ठूलो मर्कामा परेको बताए।

सुन्तलाका लागि राम्रो सम्भावना भएको जाजरकोटको कुशे गाउँपालिकाका ९ वटै वडा, भेरी नगरपालिकाको वडा नम्बर २ र नलगाड नगरपालिकाको वडा नम्बर ३ को क्षेत्रलाई जोडेर गत वर्ष सरकारले सुन्तला जोन घोषणा गरेको थियो। सुन्तला उत्पादन क्षेत्रलाई जोडेर बनाइएको सुन्तला जोनमा यो वर्ष नै सुन्तला उत्पादन घट्नु निकै दुुःखद भएको दम्दालाका किसान जगत खड्काले बताए। उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत घोषणा गरिएको सुन्तला जोन कार्यक्रमले जाजरकोटका सुुन्तला उत्पादक किसानलाई राहत दिन नसकेको बताए। किसानका समस्या समाधान गर्ने, नियमित प्राविधिक रूपले रेखदेख गर्ने तथा सुन्तलाको बोटको सुरक्षाका लागि किसानलाई सल्लाह सुझाव दिन नसकेका कारण यस वर्ष सुन्तला जोन घोषणा गरिएको जिल्लामा उत्पादन निकै घटेको उनले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जाजरकोटका प्रमुख टंक रिजाल किसानले सुन्तलाको बोट लगाउन नजानेका कारण बोट सुक्ने समस्या देखिएको प्रतीक्रिया दिए। सुन्तलाका बोट लगाउँदा ठूलो खाडल नबनाएका कारण सुन्तलाका जरा ढुंगामा ठोक्किएर पात र डाँठ सुक्ने र फल कालो हुने समस्या देखिएको उनले बताए। उनले कार्यक्रम सुरु भएपछि जाजरकोटमा पाँच हजार सुन्तलाका बोट लगाइएको बताए। जिल्लाको एक सय ८० हेक्टर जमिनमा सुन्तला खेती भइरहेको र यसलाई बढाएर पाँच सय हेक्टर बनाउन लागिएको प्रमुख रिजालले बताए। जाजरकोटमा ५० करोड बराबरको सुन्तला उत्पादन हुुने सम्भावना रहेको प्रमुख रिजालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.