रामसागर रामस्वरुप क्याम्पस प्रमुखलाई विद्यार्थीको मोसो

रामसागर रामस्वरुप क्याम्पस प्रमुखलाई विद्यार्थीको मोसो

जनकपुरधाम : जनकपुरस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई आईतवार दिउँसो विद्यार्थीहरुले मोसो दलेका छन् । क्याम्पसमा नियमित पठन पाठनको वातावरण बनाउन नसकेको भन्दै विद्यार्थीहरुले प्रमुख दासलाई मोसो दलेको हो ।

कार्यकक्षमै बसेका बेला प्रमुख दासलाई विद्यार्थीहरुले मोसो दल्नुका साथै करिब एक घण्टा थुनेका थिए । क्याम्पसको पठन पाठन सुधार गर्न पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि प्रमुख दासलाई मोसो दलेको राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जीत निष्पक्षले जानकारी दिए । 

उनले प्रमुखलाई २ बजदेखि ३ बजेसम्म कार्यकक्षमै थुनेको पनि बताए । मोसो दलेपछि क्याम्पसमा हल्ला खल्ला भएको थियो । राष्ट्रिय विद्यार्थी संघका सहसचिव अशोक यादव, संघका राराब ईकाई कमिटी अध्यक्ष दिनेश यादव लगायतका करिब ६० जना विद्यार्थीको उपस्थितिमा क्याम्पस प्रमुख दासलाई मोसो दलेर कार्यकक्षमै थुनेका हुन् । 

क्याम्पस प्रमुखलाई मोसो दलेको घटना विषयमा प्रहरी भने अनभिज्ञ छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले प्रमुख दासमाथि मोसो दलेको घटनाबारे जानकारी प्राप्त नभएको प्रतिक्रिया दिए । 

‘क्याम्पस प्रमुख सरले जानकारी गराउनु भएको छैन । हाम्रो इन्सपेक्टर साहेबले सोध्दा पनि उहाँले केहि नभएको बताउनु भएको छ’, उनले भने । घटनाबारे बुझ्न क्याम्पस प्रमुख दाससँग सम्पर्क गर्दा हुन सकेन ।

पठन पाठन सुधार गर्नुपर्ने माग राख्दै विद्यार्थीहरुले मंसिरमा दुई पटक क्याम्पसमा तालबन्दी गरेका थिए । उनीहरुले पटक पटक धर्ना पनि दिए । तर क्याम्पसमा सुधार आउन नसकेको विद्यार्थीहरुको गुनासो छ । 

क्याम्पस प्रमुखले नै कडाइ नगरेपछि प्राध्यापकहरु नियमित उपस्थिति समेत नहुने गरेको विद्यार्थीहरु बताउँछन् । नियमित पठन पाठन हुनुपर्ने, दक्ष प्राध्यापकको व्यवस्था गर्नुपर्ने, कक्षाकोठामा विजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था गर्नुपर्ने, शौचालय व्यवस्थित हुनुपर्ने लगायतको १६ बुँदे माग सहित राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र पनि बुझाएका थिए । 

प्राध्यापकहरु क्याम्पसमा हाजिर गरेर फर्किने गरेको र अन्य क्याम्पसमा पढाउने गरेको मोसो दल्न पुगेका एक विद्यार्थीले बताए । उनका अनुसार प्राध्यापकहरु तलब खान मात्र क्याम्पसमा हाजिर गर्न आउने गर्छन् । पढाउने काम भने निजी कलेजमा गर्छन् ।

क्याम्पस प्रमुख दासको लापरबाहीले कलेज धारासायी बनेको र प्राध्यापकहरुको मनपरी चलेको आरोप उनले आरोप लगाए । भने, ‘विगतमा यहाँ टाढा टाढाका विद्यार्थी पढ्न आउथे, तर अहिले जनकपुरकै विद्यार्थी पनि यहाँ पढ्दैन । किनकी पठन पाठनको अवस्था नै दिन प्रतिदिन खतम हुँदैछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.