चकलेटको प्रलोभनमा पारी ७ वर्षीया अपांग बालिका बलात्कार

चकलेटको प्रलोभनमा पारी ७ वर्षीया अपांग बालिका बलात्कार

जनकपुरधाम : धनुषामा एक बालिकालाई चकलेटको प्रलोभन देखाएर २५ वर्षीय युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको छ।गणेशमान चारनाथ नगरपालिका- ५ तडियाकी ७ वर्षीया अवोध बालिका बलात्कृत भएकी छन्। बलात्कार गर्ने स्थानीय युवक रोशन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले सोमबार राति १० बजे बोल्न नसक्ने अपाङ्ग बालिकालाई घरबाटै उठाएर नजिकैको उखुबारीमा लगी बस्नेतले बलात्कार गरेको जानकारी दिए।

उनका अनुसार दाजु विदेशबाट आएको भन्दै चकलेट दिने बहानामा घरको ढोका खोल्न लगाए। बालिकाकी आमा सुस्त मनस्थितिकी छन्। उनले ढोका खोलेपछि बस्नेतले बालिकालाई बेपत्ता पारे।

बालिका बेपत्ता पारेपछि सुस्त मनस्थिति भएकी आमाले छिमेकीलाई गुहारिन्। स्थानीयले खोजतलास गर्न थाले। केही बेरमै गाउँमा हात्ती आएको हल्ला चल्यो। त्यसपछि स्थानीय थप चिन्तित बने। करिब १ घण्टापछि ती बालिका अर्थनग्न अवस्थामा घर नजिकैको चउरमा फेला परिन्। रगतले लतपतिएकी अचेत अवस्थामा रहेकी बालिकालाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल सिरहा पुर्‍यायो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

घटनाबारे खबर पाएपछि प्रहरीले तत्कालै बस्नेतलाई घरबाटै पक्राउ गरेको हो।प्रहरी निरीक्षक राइका अनुसार पक्राउ गर्दा बस्नेत मदिराको नशामा लठ थिए। उनी मदिराकै नशामा चकलेटको बहाना बनाएर बालिकालाई बलात्कार गरेको उनको भनाई छ। 

बलात्कार गरेको भनेर स्वीकारेका बस्नेतलाई स्वास्थ्य परीक्षणका लागि धरान पठाएको प्रहरी निरीक्षक राइले जानकारी दिए । बुवा र हजुरबुवाको स्वास्थ्य अवस्था ठीक छैन। विपन्न परिवारकी ती बालिका कोइरी समुदायका हुन्। उनका घरका सबै सदस्य अपाङ्ग भएपछि पेट पाल्न सक्ने अवस्था नभएको स्थानीयले बताए।

पछिल्लो समय प्रदेश २ का आठ जिल्लामा बलात्कारका घटना ह्वात्तै बढेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार प्रदेश २ मा ११ महिनामा १०६ बालिका र ४५ महिला बलात्कृत भएकी छन्। साथै ३१ बालिका यौन दुव्र्यवहारबाट र ३६ महिला बलात्कारको प्रयासबाट पीडित बनेकी छन्। बलात्कृत अधिकांश बालिका र महिलाले न्याय पाउन नसकेको पनि इन्सेकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.