सिलबन्दी गरिएका क्रसर खोलिने

सिलबन्दी गरिएका क्रसर खोलिने

खाँदबारी : मापदण्ड नपुगेर सिलबन्दी गरिएका सङ्खुवासभाका दुई क्रसर सञ्चालनमा ल्याइने भएको छ। चार महिनाअघि जिल्ला वन कार्यालयले सिलबन्दी गरेका क्रसर पुन: संचालनमा ल्याउन जिल्ला समन्वयले राखेको सर्वपक्षीय बैठकले निर्णय गरेको हो। सभाखोलामा राखिएका २ क्रसर बन्दले जिल्लाको विकास निर्माणमा समस्या निम्त्याएको भन्दै तत्काल क्रसर सञ्चालनमा ल्याइने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए।

जिल्ला वनले सिलबन्दी गरेको क्रसर खुलाउन जिल्ला समन्वयको नेतृत्वमा स्थानीय तहका प्रमुख दललगायतका सम्बन्धित निकायको बैठकले सहमति जनाएको हो। क्रसर बन्द भएकाले स्थानीय तहको विकास बजेट प्रथम चौमासिकमा १० प्रतिशत पनि खर्च हुन नसकेको चैनपुर नगरपालिका प्रमुख भरत खत्रीले बताए। ‘विकास निर्माण प्रभावित भएपछि तत्काल क्रसर खोल्न दिने निर्णय गरिएको हो’, प्रमुख खत्रीले भने।

क्रसर उद्योग बन क्षेत्रबाट दुई किलोमिटर टाढामात्र राख्न पाउने व्यवस्था रहेको जिल्ला बन कार्यालयका सहायक बन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए। राष्ट्रिय प्राथमिकताका विकास आयोजना भए विशेष अवस्थामा वन क्षेत्रमा पनि क्रसर संचालन गर्न सकिने पराजुलीको भनाइ छ। क्रसर बन्द भएकाले जिल्लामा गिट्टी उत्पादन नभएकाले विकास निर्माणमा असहज भएपछि उद्योग सञ्चालन गर्न जिल्ला समन्वय समितिले बैठक राखी उद्योग सञ्चालन गर्ने निर्णय गरेका हुन्।

राष्ट्रिय गौरवका आयोजना, उत्तर–दक्षिण कोशी सडक, कोशी करिडोर, अरुण तेस्रो तथा संघीय, प्रदेश सरकार र स्थानीय तहका सम्पूर्ण निर्माण कार्यमा असर पुगेकाले क्रसर उद्योग सञ्चालन ल्याउन लागिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.