पर्यटक तान्दै पटिहानी

पर्यटक तान्दै पटिहानी

भरतपुर : राप्ती नदीमा डुंगा सयर गर्दै चरा अवलोकन, नदी किनारमा घाम ताप्दै गरेका गोहीको दृष्य। साँझपख सूर्यास्तको मनमोहक दृष्यले पटिहानी पुग्ने जोकोही पर्यटक पनि लोभिने गर्छन्। गाडामा चढेर गाउँको दृश्यावलोकन गर्न सकिने व्यवस्था गरेका छन्। दिनभर गाडामा चढेर गाउँ घुमेपछि साँझमा राप्ती किनारमा देखिने सूर्यास्तको मज्जा लिने गर्छन्।

पटिहानीबाट सौराहाको हात्तिसारसम्म जिप सफारीको व्यवस्था गरिएको छ। ओझेलमा परेको पटिहानीको प्रवर्द्धनका लागि स्थानीयको चासो बढेको छ। पर्यटक घुम्नका लागि छितामाई, विक्रम बाबा, लामिताल, तमोर ताल, थारु बोटे समुदायको बस्ती, कमलपोखरी छन्। स्थानीय सांस्कृतिक कार्यक्रम र भेषभुषाले पर्यटकलाई लोभ्याउँछ।

पटिहानीमा उच्चस्तरका पर्यटक आउने गर्छन्। चितवन राष्ट्रिय निकुञ्ज छेवैमा रहेको पटिहानीमा पर्यटकीय आकर्षण बढ्न थालेको छ। पटिहानीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो। सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि एक सय पर्यटकीय गन्तव्यको सूचीमा पटिहानी क्षेत्रलाई पारेपछि चहलपहल बढ्न थालेको हो।

पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायी र स्थानीयको सक्रियता बढेको छ। पर्यटन भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटकीय योजना अघि बढाएको वडाध्यक्ष विष्णु महतोले बताए। ‘धेरै खर्च गर्ने पर्यटक तान्ने हाम्रो योजना हो’, महतोले भने, ‘पटिहानीलाई ‘ब्रान्डिङ’ गर्न लागेका छौं।’ पर्यटकको बसाइँ लम्ब्याउन सडक पूर्वाधार विकास गर्ने योजना रहेको उनले बताए।

पटिहानीमा राप्ती नदी किनारमा रमाउन छाता राखेर ‘अम्रेला स्ट्रिट’ निमार्ण गर्न लागिएको छ। सूर्यास्त अवलोकन गर्न मिल्ने गरी फाइबरको छाता राखेर सडक निर्माण हुनेछ। पर्यटकको सुविधाका लागि भ्यू प्वाइन्ट, रेस्टुरेन्ट, डेटिङ प्वाइन्ट, सेल्फीगेटलगायत संरचना बनाइनेछ। दुई करोड ५० लाखको बजेटमा स्ट्रिटको योजना सुरु भएको छ। यस्तै थारु संग्रहालय निर्माणाधीन छ। गत वर्षको तुलनामा २५ प्रतिशतले पर्यटक बढेको होटल जंगल भिल्लाका सञ्चालक गणेश पौडेलले बताए। ‘होटलबाटै नदी क्षेत्रमा जंगली जनावर र चरा अवलोकन गर्न सकिने हुँदा पर्यटक रमाउँछन्’, पौडेलले भने, ‘एक पटक आउनेहरु फेरि दोहार्‍याएर आउने गरेका छन्।’

थारु बस्ती हेर्ने, पर्यापर्यटनमा रमाउन पर्यटक जाने गरेका छन्। पटिहानीमा थारु समुदायको बाक्लो उपस्थिति छ। थारु संस्कृतिलाई प्राथमिकतामा राखेर प्याकेज राखिएको छ। भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरको विकासमा पर्यटनलाई प्राथमिकता दिइएको बताइन्। ‘आर्थिक विकासको मुख्य पाटो पर्यटन भन्ने उद्देश्यले हामीले पर्यटनलाई पहिचानसँग जोड्न खाजेका छौं’, दाहालले भनिन्, ‘देशकै दोस्रो गन्तव्यका रूपमा विकास गर्न लगानीमा अनुदान र सहुलियत दिन तयार छौं।’

उक्त क्षेत्रमा ठूला होटल खुल्ने क्रम बढेको छ। पर्यटकीय सम्भावना अध्ययनमा होटल व्यवसायी लागेका छन्। चारवटा तीनतारे होटल तथा रिसोर्ट तथा चार पर्यटकीय होटल छन्। करिब एक दर्जन साना होटल छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.