पर्यटक गाइडले फालेको चुरोटको ठूटोले मनास्लु बेसक्याम्पमा आगलागी, त्रासमा सामागाउँ

पर्यटक गाइडले फालेको चुरोटको ठूटोले मनास्लु बेसक्याम्पमा आगलागी, त्रासमा सामागाउँ

गोरखा  : गोरखाको हिमाली क्षेत्रमा पर्ने सामागाउँको एक जंगलका आगलागी भएको छ। चुमनुब्री गाउँपालिका–१ स्थित हिमाल पारी मनास्लु हिमालको फेदमा रहेको सामागाउँ नजिकैको जंगलमा आगो लागेको हो। 

आगलागी आइतबार दिउँसोदेखि सुरु भएको चुमनुब्री गाउँपालिका–१ वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए। पर्यटक गाइडले फालेको चुरोटको ठूटोका कारण सल्केका आगो लागेको उनले बताए। ती गइडलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन्। 

यस गाउँमा करिब २३० घर रहेका छन्। जंगलका आगो लागेपछि त्रासका कारण गाउँलेहरु रातभरी नसुतेको र रातैभरी आगो निभाउन लागि परिरहेको चुमनुब्री गाउँपालिका–१ का वडासदस्य मिङमार लामाले बताए। 

आगलागीमा परी जंगलका मृग, घोलर, झारल, नाउरलयागत थुप्रै जंगली जनावर मरेको वडासदस्य लामाले बताए। आगलागी भएको जंगल मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) अन्तर्गत पर्छ। 

घटनास्थलमा सामागाउँ प्रहरी चौकीको टोली खटिएको र थप टोली पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.